कोइरालाको साइकल, देउवाको ज्योतिष र कांग्रेसको भविष्य
राजाले असक्षम भनेर बर्खास्त गरेका देउवा गणतन्त्रमा पनि असक्षम सावित, पार्टी सभापति र दलको नेता दुवै पदबाट राजीनामा देऊ
कांग्रेस वृत्तमा एउटा किस्सा चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालालाई बाल्यकालमा पिताजी कृष्णप्रसाद कोइरालाले एउटा साइकल खरिद गरिदिनुभयो । कोइराला उक्त साइकलमा देखेपश्चात बालसखा विश्ववन्धु थापालाई पनि साइकल चढ्ने रहर स्वाभाविकै थियो । थापाले कोइरालासमक्ष गरेको अनुरोध जिद्दी स्वभावका कोइरालाले अस्वीकार गरेको खबर पिताजी कृष्णप्रसाद कोइरालासम्म पुग्यो । गिरिजाप्रसादको जिद्दीपनका बारे जानकार कृष्णप्रसादले विश्ववन्धुलाई पनि एकाध पटक साइकल दिन कोइरालालाई भने ।
कोइरालाले तत्काल आफ्नो स्वभाव देखाउँदै उक्त साइकल चढ्नै नमिल्ने गरी ‘काचकुच’ बनाउँदै नहरमा फालिदिए ! कांग्रेस वृत्तमा रोमाञ्चक तरिकाले उक्त घटनाको सविस्तार व्याख्या गर्नु हुने समाजवादी चिन्तक प्रदीप गिरी आज रहनुभएको भए प्रधानमन्त्रीको कुर्सी रुपी साइकललाई आफैंले पुनः चढ्न नपाएपछि कांग्रेस वृत्तबाटै सम्पूर्ण ‘पोजिसन’ गुमाइदिने शेरबहादुर देउवाका बारे पनि सोही ढंगले सविस्तार व्याख्या गर्नु नै हुने थियो होला ।
जनस्तरमा भ्रष्ट तथा जनताका बीच देखाउनसमेत लायक नभएका अनुहारबाट ‘घेराबन्दी’मा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनी र उनीबाट संरक्षित ‘निकृष्ट घेरा’कै कारण लोकतन्त्रको पर्याय मानिएको कांग्रेस पार्टीलाई उठ्नै नसक्ने गरी ‘दलदल’मा फसाइदिए । कथित ज्योतिषीको भविष्यवाणी पूरा गर्ने चाहनास्वरुप आफैंलाई प्रधानमन्त्री नभई नहुने रटानको ‘बेमौसमी बाजा’ बजाइराख्दा प्राप्त सम्पूर्ण उपलब्धि कांग्रेसले गुमाउन पुग्यो ।
शेरबहादुर देउवा कहिल्यै र कुनै पनि स्टेजमा योग्य थिएनन् । उनले आफूबाहेक अरुलाई कहिल्यै स्वीकार गरेनन् र उत्तरार्द्धमा कोइरालाको साइकलजस्तै बनाए प्रधानमन्त्रीको कुर्सीलाई । राजतन्त्रकालमा राजाबाट असक्षम घोषित भएर २ पटक बर्खास्तीमा परेका देउवा गणतन्त्रकालमा निर्लज्जतापूर्वक असक्षम सावित भएका छन् । अब उनको भारी कांग्रेसले बोक्न सक्दैन ।
देउवा आफैंमा पनि कांग्रेस पार्टीप्रतिको मोह र लोकतन्त्रप्रतिको निष्ठा छ भने देउवाले नैतिकताको आधारमा कांग्रेस पार्टीको सभापति तथा कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएर लोकतन्त्रप्रतिको निष्ठा आफूमा रहेको पुष्टि गर्नुपर्दछ ।
हुन त सत्ताका लागि सबै चीज जायज ठान्ने ‘देउवा र नैतिकता’ बीच भेट असम्भव नै छ । तथापि कांग्रेसजनमा ‘कांग्रेस र लोकतन्त्र’ प्रतिको श्रद्धा र स्वयम् देउवा आफैंमा पनि कांग्रेस पार्टीप्रतिको मोह र लोकतन्त्रप्रतिको निष्ठा छ भने देउवाले नैतिकताको आधारमा कांग्रेस पार्टीको सभापति तथा कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएर लोकतन्त्रप्रतिको निष्ठा आफूमा रहेको पुष्टि गर्नुपर्दछ । अन्यथा कांग्रेसजनले देउवाको राजीनामा गराएर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन नै ‘कांग्रेस र लोकतन्त्र’को बृहत्तर हितमा छ । यसरी कांग्रेसजनले देउवालाई आजका मितिमा ‘साइड’ लगाउन नसक्ने हो भने कांग्रेस जनताको बीचबाट सदाका लागि ‘साइड’ लाग्ने दिन टाढा छैन ।
कांग्रेसमा पछिल्लो समय उठ्दै आएको मुद्दा हो- पुस्तान्तरण र रुपान्तरणको । अब उक्त मुद्दाले मूर्तता पाउने दिन नजिक आए झैं देखिन्छ । हिजोको पुस्ता ‘यो वा त्यो’ कोहीबाट पनि आजको कांग्रेस चल्न सकेन । सवाल देउवाको मात्र होइन, राष्ट्रपतिको सपथ खान दौरा सिलाउने रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पद कुनै हालतमा छाड्न हुन्न भनेर ‘जग’ हाल्न बालुवाटार पुग्नेमात्र नभई प्रचण्डलाई पनि ‘तपाईं प्रधानमन्त्री पद नछाड्नुस् है’ भनेर ‘उकेरा’ लगाउने पञ्च भैया ‘खड्का, सिटौला, महत, कार्की र लेखक’ तथा विरासतको झण्डा उचाल्ने तर ‘ठोस कदम’ चाल्ने वेला देउवामै समर्पित ‘सिंह, कोइराला र निधि’ कोहीबाट पनि चलेन र अब चल्न सक्ने सम्भावना पनि देखिन्न ।
विसंगति हिजोबाटै सुरु भएकै थियो, जनताबाट अस्वीकृत तथा जनताका बीच देखाउनै नहुने अनुहारलाई कांग्रेस नेतृत्वले समानुपातिकको उपल्लो तहमा जब राख्यो तब कांग्रेसको ओरालो यात्रा त्यही मितिबाट प्रारम्भ भयो । यसरी हेर्दा आम मानिसको नजरमा कांग्रेसका सञ्चालकका कारण कांग्रेसले बदनामी व्यहोर्न बाध्य भयो । तसर्थ पनि पार्टीको विशेष महाधिवेशन गरेर नेतृत्वमा आमूल परिवर्तन नगरेसम्म कांग्रेसको गिरेको ‘नूर’ उठ्न सम्भव नै छैन । पदमै रहेर विपक्षी दलको नेताको हैसियतले पाउने सुविधासमेत नछाड्न हारको ‘कथित तर्क’ ल्याइन सक्छ । त्यही जाली र कथित तर्कमा पुनः कांग्रेसजन ‘भुलभुलैया’मा पर्न पुगे भने कांग्रेसले लिने बाटो पनि भारतीय कांग्रेस (आई)कै हो ।
सवाल देउवाको मात्र होइन, राष्ट्रपतिको सपथ खान दौरा सिलाउने रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पद कुनै हालतमा छाड्न हुन्न भनेर ‘जग’ हाल्न बालुवाटार पुग्नेमात्र नभई प्रचण्डलाई पनि ‘तपाईं प्रधानमन्त्री पद नछाड्नुस् है’ भनेर ‘उकेरा’ लगाउने पञ्च भैया ‘खड्का, सिटौला, महत, कार्की र लेखक’ तथा विरासतको झण्डा उचाल्ने तर ‘ठोस कदम’ चाल्ने वेला देउवामै समर्पित ‘सिंह, कोइराला र निधि’ कोहीबाट पनि चलेन र अब चल्न सक्ने सम्भावना पनि देखिन्न ।
कांग्रेसले तत्काल नेतृत्व परिवर्तन नगर्ने हो भने कांग्रेसका ‘दुर्दिन’ अब सुरु भए । सत्ताबाट अब कांग्रेस मुक्त अभियान संगठित रुपमै प्रारम्भ गरिनेछ । नियुक्त भएका तथा पोजिसनमा रहेका ठाउँबाट ‘खोजी-खोजी’ तथा ‘रोजी-रोजी’ हठात हटाइनेछ । दर्जनौंलाई मुद्दा लगाइनेछ भने हजारौंलाई तर्साइनेछ र पार्टी छाड्न बाध्य बनाइनेछ । स्थानीय तह अधिकांशमा कांग्रेसले जितेकाले केन्द्र तथा प्रदेशबाट गरिने विकासको वैकल्पिक बाटो खोजिनेछ । गति लिन नसकेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायलाई चलायमान बनाइनेछ ।
तर, त्यतिवेला भ्रष्टहरुले भन्दा अन्यले दुःख पाउने स्थिति टाढा रहने छैन । ‘पैसा जोख्ने मेसिन बालुवाटारमा बिक्रीमा’ भन्ने हल्ला चारैतिर फैलिएको छ । तसर्थ पनि पार्टी, पार्टी कार्यकर्ता र लोकतन्त्रको जगेर्नाका निम्ति कांग्रेस केन्द्रीय सदस्यहरुले विधिवत रुपमा केन्द्रीय समिति बैठकको माग गरी ठोस निर्णय लिने वेला आएको छ । उक्त ठोस निर्णय भनेको सम्मानजनक रुपमा देउवाले दुवै पद ‘पार्टी सभापति तथा संसदीय दलको नेता’ छाडुन् भन्ने नै हो । अन्यथा कांग्रेस केन्द्रीय समितिले ‘गम्भीर निर्णय’ लिने वेला आइसक्यो ।
दोस्रो कुरा सत्तामा रहेर राज्यको ढुकुटीको ‘दिन दुगुना, रात चौगुना’का दरले ‘दोहन’ गर्ने यो वा त्यो नभनी र वाद र विचार नहेरी अख्तियारले निष्पक्ष रुपमा छानबिन गरेर कानूनी दायरामा ल्याउने विषय ढिलो गर्ने विषय नै होइन । सुशासनको अनुभूति राज्य तह तथा भ्रष्टाचार निर्मूल गर्ने निकायबाट दिन नसक्ने हो भने जनतामा व्यवस्थाप्रति नै वितृष्णा पैदा हुन पुग्दछ । अख्तियारसँग ‘स्रोत र साधन’को अभाव हो भने राज्यले उपल्लो तहको शक्तिशाली आयोग निर्माण गरी छानबिनको दायरालाई फराकिलो बनाउन सक्दामात्र जनस्तरमा व्यवस्थाप्रति समेत ‘मोह’ कायमै रहनेछ ।
पार्टीको विशेष महाधिवेशन गरेर नेतृत्वमा आमूल परिवर्तन नगरेसम्म कांग्रेसको गिरेको ‘नूर’ उठ्न सम्भव नै छैन । पदमै रहेर विपक्षी दलको नेताको हैसियतले पाउने सुविधासमेत नछाड्न हारको ‘कथित तर्क’ ल्याइन सक्छ । त्यही जाली र कथित तर्कमा पुनः कांग्रेसजन ‘भुलभुलैया’मा पर्न पुगे भने कांग्रेसले लिने बाटो पनि भारतीय कांग्रेस (आई)कै हो ।
गणतन्त्र प्राप्ति यता राज्य नै सीमित व्यक्तिको घेराबन्दी तथा केही थान दम्पतीको ‘हठ’का कारण मूलधारका राजनीतिक दलप्रति जनस्तरमा ठूलो स्केलमा विद्रोह पैदा भएको छ । त्यसैकारण नीति, सिद्धान्त र विचार नै प्रस्ट नभएका दलको समेत आकार ठूलो हुन पुग्यो । ‘दम्पती हठ’का कारण ‘अपोजिसन’मा पुगेको कांग्रेसले आफूभित्र आमूल परिर्वतनसहित सच्चिएको सन्देश तत्काल दिन नसक्ने हो भने आगामी दिनमा आफूमाथि हुने ‘चौतर्फी प्रहार’लाई यही नेतृत्वले थेग्ने कल्पनासम्म पनि गर्न सकिँदैन ।
पूरापूर ‘रिफर्म’ बेगर टालटुलबाट कांग्रेस जोगिन सम्भव नै छैन । विचार र उमेरले ७० कटेका नेताबाटै कांग्रेसमाथि खतरा छ । देउवा समूहको त कुरै छाडौं, देउवाबाट चलेन भन्नेहरुसमेत रातारात खरिद बिक्रीका लागि ‘देउवा कम्प्लेक्स’ पुगे । जनता र कार्यकर्तातिर ध्यान दिने युवा नेतासामु सामूहिक तस्वीर खिच्नेहरुसमेत केही थान त देउवातिरै लागे । संसदीय दलको निर्वाचनमा समय मतपत्रको फोटोसमेत खिचेर नक्सालस्थित ‘होटल मेरियट’ पुगे । किन पुगे जगजाहेर नै छ । योभन्दा ‘विद्रुप’ तस्वीर कांग्रेसका लागि के होला ? तसर्थ अब काग्रेसमा ‘रिफर्म’ जरुरी छ । त्यसको सुरुवात कांग्रेस केन्द्रीय समितिको बैठकको माग गरी पछिल्लो विकसित राजनीतिक घटनाक्रमको निर्मम समीक्षा गर्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको बाटोमा कांग्रेस जान सकेन भने विघटनको संघारमा पुग्नेछ ।
सारै चित्त बुझ्दो लेख आयो लेखक सुदर्सन आचार्य ज्युलाई धन्यवाद अब चुप लागेर बस्ने दिन गयो पहिला देउवा निवास ध्वस्त पार्ने तिर लाग्नु पर्छ ।
बालुवाटारमा बसेर असुलीमा संलग्न हुने म्याडमको सपना चकनाचुर भयो ।