प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा विष्णु पौडेल, मन्त्रीहरूको कार्यभार तोक्न बाँकी
नेपाल प्रेस
२०७९ पुष ११ गते १६:२८
काठमाडौं । प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् ।
अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।
नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह,रा जेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर