गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेता शीतल निवास अगाडिबाट पक्राउ
२०७९ पुष ११ गते १७:०८
काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका छन् ।
शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए ।
पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ ।
लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ । प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट , विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।
प्रतिक्रिया
दलालका चेलाहरूलाई जेलमा लगेर जाकिदेउ न । अदालतले हेरिरहेको विषयमा गुण्डाहरूलाई बोल्ने अधिकार हुँदैन ।