अमेरिका : हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु – Nepal Press

अमेरिका : हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु

न्युयोर्क । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ र

क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन् तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।

आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याक आउटपछि बिजुली स्थिर रूपमा पुनर्स्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीविहीन भएका थिए ।

अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजुली नभएपछि कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर