हाम्रो नेपाली पार्टीबाट वागमती संसदीय दलको नेतामा शैलेन्द्र बज्राचार्य
नेपाल प्रेस
२०७९ पुष १३ गते १६:५७
काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) को वागमती प्रदेश संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् ।
आज बसेको पार्टी बैठकले बज्राचार्यलाई सर्वसम्मत चयन गरेको प्रवक्ता रोहन कार्कीले नेपाल प्रेसलाई बताए ।
बज्राचार्य काठमाडौं ८ (१) बाट प्रदेश सांसदमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
वागमती प्रदेशमा समानुपातिक १ समेत गरी हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर