मधेशमा कांग्रेस संसदीय दलका नेता चयन गर्न निर्वाचन हुँदै, कृष्ण र रामसरोजको उम्मेदवारी
जनकपुरधाम । मधेश प्रदेशका ठूलो दोस्रो दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै छ । जनकपुरधाममा रहेको पार्टीको मधेश प्रदेश कार्यालयमा दलका नेताका लागि कृष्ण प्रसाद यादव र राम सरोज यादव उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको समय बिहान ९ देखि १० बजेसम्ममा दुई जनाले मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले बताए ।
उनका अनुसार दिउँसो ३ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका कृष्ण पार्टीका मधेश प्रदेशका सभापति र राम सरोज निवर्तमान संसदीय दलका नेता हुन् ।
कृष्ण पार्टी सभापति शेरबहादुर देउवा र राम सरोज विमलेन्द्र निधि समूहको मानिन्छन् ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका २२ सांसद छन् ।