‘सरकारी शिक्षकहरुलाई अभिभावकहरुले ‘इनफ इज इनफ’ भन्ने स्थिति नआओस्’
शिक्षण सिकाइ प्रशिक्षक अभिषेक घिमिरे भन्छन्- नागरिकहरु सचेत भएनौं र जिम्मेवार भूमिका खेलेनौं भने नेतालाई गाली गरेरमात्रै हुँदैन
काठमाडौं । नेपालको विगत केही दशकलाई हेर्ने हो भने ठूल्ठूला परिवर्तनहरु भएका छन् । राजनीतिक दलका नेताहरुले भने जस्तो आमूल रुपान्तरण भने जनताले अनुभूत गरेका छैनन् । त्यसो हुनुमा यावत कारणहरु छन् । जसमध्ये विकासको पूर्वाधारको रुपमा रहेको शिक्षामा गुणात्मक परिवर्तन नहुनु । बर्सेनि सरकारले अर्बौंको बजेट सार्वजनिक शिक्षा सुधार गर्न भनेर विनियोजन गर्छ । तर, सामुदायिक शिक्षाको अवस्था भने दयनीय छ । संघीय शिक्षा ऐन जारी भएको छैन । यसमा आवाज पनि खासै उठ्दैन ।
तर, देशको विकास हुन गुणस्तरीय शिक्षा प्रमुख विषय हो । सार्वजनिक शिक्षामा उल्लेखनीय सुधार नहुनुमा पनि कैयौं कारणहरु छन् । के के समस्या र चुनौतीहरु छन् त ? त्यसका समाधान के होलान् ? आदि विषयमा गहन छलफल गरेका छौं । जसका लागि हामीले भर्खरै अमेरिकाको ‘द इनसाइड सक्सेस’ पत्रिकाले शिक्षा क्षेत्रमा काम गर्ने विश्वका २० जना ‘द मोस्ट इन्फ्लन्सियल थट लिडर २०२२’ को रुपमा प्रकाशित गरेको, बेलायतको पत्रिकाले गतवर्ष विश्वभरिका १०० शिक्षाकर्मीको सूचीमा राखेको, विगत आधा दशकदेखि बृहत राष्ट्रिय शिक्षा अभियानका संयोजकका रुपमा सक्रिय, ५० हजारभन्दा बढी शिक्षकहरुलाई सिकाइ प्रक्रियासम्बन्धी तालिम दिइसकेका प्रशिक्षक अभिषेक घिमिरेसँग नेपाल प्रेसकर्मी एसपी उप्रेतीले गरेको कुराकानीको सम्पादित अंश:
– सार्वजनिक शिक्षा सुधारका लागि आवाज उठाउनैपर्छ भन्ने त्यो हुटहुटी कसरी आयो ? के कारणले बृहत राष्ट्रिय शिक्षा सुधार अभियान सञ्चालन गर्न उत्प्रेरित हुनुभयो ?
सार्वजनिक विद्यालय यो समुदाय र राष्ट्रको हो । तपाईंको पनि हो मेरो पनि । यसर्थ हामीले राज्यको कुनै सम्पत्तिको दुरुपयोग भइराखेको छ भने हामीले बोल्नुपर्छ । राज्यको कुनै पनि सेक्टरमा लगानी भइरहेको छ भने त्यो मेरो लगानी हो, तपाईंको पनि हो । यसर्थ हामी सबैले सार्वजनिक विषयमा बोल्नुपर्छ । विद्यालयमात्रै किन जुनसुकै सार्वजनिक लगानी भएको क्षेत्रका बारेमा हामीले आवाज उठाउनुपर्छ । राज्यको कुनै पनि क्षेत्रमा लगानी भइरहेको छ भने त्यहाँ मेरो पनि करमार्फत केही प्रतिशत जोडिरहेको छ । त्यस अर्थमा त्यहाँ मेरो पनि लगानी भयो । त्यसमा मेरो पनि अपनत्व हुनुपर्छ भन्ने हरेक नागरिकले बुझ्नुपर्छ, बोल्नुपर्छ । म पनि आम नागरिकको रुपमा मैले गर्नुपर्छ भन्ने लागेर बोलेको हुँ ।
मेरो व्यक्तिगत जीविकोपार्जनको सन्दर्भमा मेरो व्यक्तिगत जीवन, व्यक्तिगत इज्जत र प्रतिष्ठा, मेरो स्वाभीमान त्यतिवेला उच्च हुन्छ जतिवेला राष्ट्रको सान पनि उच्च हुन्छ । तपाईंको राज्यका अनेकौं खालका अंगहरु बिग्रँदै, ध्वस्त हुँदै जाने, एउटा टेलबका खुट्टाहरु मक्किँदै भाँचिने अवस्थामा पुगेको छ अनि मेरो जीवनमात्रै राम्रो बनाऊँ, ठूलो बनाऊँ भन्ने कुरा कहिल्यै पनि न्यायोचित हुन सक्दैन । यसर्थ पहिला राज्य बन्यो, राष्ट्र राम्रो बन्यो, समृद्ध बन्यो भने म पनि समृद्ध भइहाल्छु । त्यसैले यसका लागि बोल्नुपर्छ भनेर लागेको हो ।
कतिले जागिर खानुभयो, कति धेरै समय मेहनत गर्नुभयो भन्ने कुराले माने राख्दैन । आउटपुट कति आयो भन्ने कुराले म्याटर गर्छ । तपाईंले निरन्तर कति मेहनत गर्नुभयो भन्ने कुरा तपाईंले नतिजा कति निकाल्नुभयो भन्नेले निर्धारण गर्छ । आजको सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरको प्रश्न त्यहाँनेर छ ।
म निजी विद्यालय सञ्चालन गर्थें । जुन नाफाकै लागि गरिन्छ । तर, के छ भने निजी विद्यालय बिग्रँदै गर्दा त्यहाँका ओनरहरुमा चासो हुन्छ । त्यसलाई जसरी पनि राम्रो बनाउने भन्ने ध्येय उनीहरुमा हुन्छ । त्यहाँ हामीले औंला उठाइरहनै पर्दैन । हामीले राज्यको कानून र मापदण्डमा रहेर गलत नगरी, विकृतपूर्ण नगरी व्यवस्थित ढंगबाट चलाउनुस् है भन्दिएमात्रै पुग्छ ।
तर, साँच्चिकै टेवा दिनुपर्ने, उठाउनुपर्ने मजबुत बनाउनुपर्ने, संरक्षण गर्नुपर्ने त सार्वजनिक विद्यालयहरु हुन् । सार्वजनिक विद्यालयका अभिभावकहरुको चेतनाको तह कमजोर भएको कारणले गर्दाखेरी उहाँहरुले आफ्ना बालबालिकाको पढाइ भए/नभएको, शिक्षकहरुले पढाउनु भएको/नभएको, विद्यालयमा पढाउने वातावरणको व्यवस्थापन भए/नभएकोबारे औंला उठाउन सक्नुहुन्न, प्रश्न गर्न सक्नुहुन्न । तर, निजी विद्यालयमा एकदिन बच्चाले थोरैमात्र प्रतिशत कम ल्याओस् वा केही भयो भने स्कुलमा आवाज उठाउनुहुन्छ किनकि त्यहाँ उहाँहरुले पैसा तिर्नुभएको छ ।
त्यसैले निजी विद्यालयहरुका विषयमा हामीले धेरै वकालत गरिरहनुपर्ने जरुरत छैन । गर्नुपर्ने सार्वजनिक एवं सामुदायिक विद्यालयहरुको बारेमा हो । यसो हेर्दा त यस विषयमा बोल्ने कोही पनि छैन । हुनुहुन्छ शिक्षक संगठनहरु, अभिभावक संघहरु । तर, उहाँहरुले आफ्नै पेशागत हक-हितका लागि मात्रै गर्नुभएको देखियो । आफ्नो व्यक्तिगत जीवन, जागिरलाई कसरी सुरक्षित गर्ने भन्नेमात्रै देखियो । समग्रमा विद्यालय खस्कँदै गर्दा त्यहाँ मेरो पनि जिम्मेवारी हो भन्ने बोध कसैमा पनि देखिएन । यसर्थ बोल्नुपर्छ, कोही न कोही नागरिकले आवाज उठाउनुपर्छ भनेर लागेको हो । र अनवरत लागिरहेका छौं । अहिले धेरैजना जोडिनुभएको छ ।
– एकजनाले मात्रै आवाज उठाउँदा कति प्रभावकारी हुन्छ र ? तपाईंलाई विज्ञहरुले पत्याएका पनि छैनन् नि ?
धेरैले भन्ने गर्नुभएको छ । ‘तपाईंले मलाई सिकाउने’ भन्ने पनि गर्नुभएको छ । तर, कतिले जागिर खानुभयो, कति धेरै समय मेहनत गर्नुभयो भन्ने कुराले माने राख्दैन । आउटपुट कति आयो भन्ने कुराले म्याटर गर्छ । तपाईंले निरन्तर कति मेहनत गर्नुभयो भन्ने कुरा तपाईंले नतिजा कति निकाल्नुभयो भन्नेले निर्धारण गर्छ । आजको सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरको प्रश्न त्यहाँनेर छ ।
अहिले सामुदायिक विद्यालयको अवस्था हेर्नुस् । त्यसको लागि हामीले प्रश्न उठाएका हौं । तपाईंले पनि गर्न त गर्नुभयो होला । तर, प्रभावकारी ढंगबाट गर्न सक्नुभएन कि ? मेहनतमात्रै गरेर पुग्दैन । मेहनत र डेडिकेसन चाहिन्छ । जसरी पनि गर्छु भन्ने भावना चाहिन्छ । यी सबै कुरा नमिसिइकन गर्न त गरेकै छु भनेर त हुँदैन ।
हामीले आफैंसँगै भएका साधनको प्रयोग गरेर विद्यालय सुधार्न सकिन्छ भनेरै गरेका हौं । अब त्यही मोडलबाट अन्य धेरै विद्यालयहरुलाई बनाउने लक्ष्यमा हामी लागेका छौं ।
अर्को कुरा, उमेरमात्रै महत्वपूर्ण कुरा होइन । आज मभन्दा १० वर्ष कान्छो अर्को व्यक्ति मभन्दा धेरै सक्षम हुनसक्छ । ऊभन्दा अर्को पाँच वर्ष पछाडिको जेनेरेशन त्योभन्दा पनि मजबुत भएर आइरहेको छ । आज म पढ्ने बच्चाहरुसँग बसेर कुरा गर्न म सक्षम छैन । मभन्दा धेरै ज्ञान त उनीहरुसँग पो छ भन्ने मलाई फिल भइरहेको हुन्छ । कहिलेकाहीं म आउटडेटेट भएँ कि जस्तो लाग्छ । यसर्थ उमेरको हिसाब मेरो उमेर बराबर म यहाँ पुगें भन्नुहुन्छ भने त्यो नबुझ्नु भएको हो । यद्यपि सम्मान छ उहाँहरुप्रति । त्यतिवेला उहाँहरुले मेहनत पनि गर्नुभयो होला, प्रणाली पनि बसाउनुभयो होला । तर, अहिले हेर्दा त्यो निराशाजनक अवस्था भएपछि हामी लागेका हौं ।
– तीन–चार वर्षअघि विराटनगरस्थित एउटा विद्यालयको उत्थान गर्न तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि लाग्नुभएको थियो । अहिले त्यो विद्यालयको अवस्था के छ ?
त्यो विद्यालयमा एकजनामात्र विद्यार्थी थियो । पूर्वमन्त्रीज्यू त्यहाँ गएर अनुगमन गर्दा उहाँले पनि त्यही अवस्थामा भेट्नुभयो । पछि हामी साथीहरु गएर हामीलाई किन विद्यालयहरु बन्दैनन् भनेर पाइलटिङ पनि गर्नु थियो । गरेर हेरौं न त भनेर हेर्नु थियो । यद्यपि केही विद्यालय सुधार्दैमा केही हुँदैन । गर्नु धेरै छ । हामी भिड्यौं, केही समय लाग्दाखेरी करिबकरिब दुई तीनसय विद्यार्थीहरु भए । भनेपछि गर्दा हुँदोरहेछ त । अभिभावकलाई भेटेर भनेपछि विश्वास पनि गर्नुहुँदो रहेछ ।
त्योमात्रै होइन । अर्को सयपत्री भन्ने विद्यालयमा पनि त्यस्तै अवस्था थियो । त्यो विद्यालय पनि अहिले धेरै राम्रोसँग चलेको छ । अर्को जनता माध्यमिक विद्यालय, जसलाई २०३५ सालमा उत्कृष्ट विद्यालय भनेर सरकारले अवार्ड दिएको थियो । जुन करिब करिब बन्द हुने अवस्थामा थियो । तर, त्यसमा पनि अहिले दुई तीनसय विद्यार्थीहरु छन् । प्रअ चेन्ज हुनुभएको छ । स्कुलको बस चलेको छ । स्कुलले जीवन पाएको छ । अब त्यसलाई गर्न धेरै बाँकी छ । त्यसलाई प्रदेश १ को नमुना विद्यालय बनाउन प्रयास गरिरहेका छौं । सबै समुदाय मिलेर गर्दा सुधार सम्भव छ ।
– अभियानले अरु के के गरिरहेको छ ?
धेरैले के भन्नुहुन्छ भने बोल्न सजिलो छ । तिमीहरु भन्छौ ? पहिले गर भन्ने टिप्पणी आए । त्यसैले हामीले नमुनाको रुपमा गर्दा हुँदोरहेछ भन्ने देखाउन हामीले ती विद्यालयहरुलाई सुधार्न प्रयत्न गरेका हौं । यद्यपि गर्न हजारौं विद्यालयहरु बाँकी छन् ।
– अभियानले जीर्ण विद्यालयहरुलाई नयाँ तौरतरिकाले जीवन दिन खोज्छ भने एउटा नजिर बस्यो होइन त ?
लाग्दाखेरी हुन्छ । समस्या र चुनौतीका चाङहरु जताततै छन् । कसैलाई कम होला कसैलाई बढी होला । सामुदायिक विद्यालयमा समस्या हुन्छन् । तर, यसको अर्थ समाधान नै छैन भन्ने त होइन नि ! विभिन्न निकायहरुमा पनि गएर विद्यालयका समस्याहरु भनिरहँदा ती निकायहरुले आफ्नै सयौं समस्याहरु बताउँछन् । तर, उहाँहरु (विद्यालय, शिक्षक, सम्बन्धित निकाय)ले के के कारणले विद्यालय सुधार्न सकिएन भनेर ५० औं वटा समस्याका चाङहरु सुनाउनुहुन्छ ।
हाम्रो प्रश्न के हो भने जे चीज तपाईंको कन्ट्रोलमा छ, वशमा छ, यहाँ भएका स्रोत र साधनलाई उपयोग गरेर गर्न सक्ने के–के हुन् भन्ने कुरा हुन् । त्यसको लिस्ट कति छन् । र, तपाईंको वशमा नभएका समस्याहरु के के हुन्, कतिवटा छन् ? समग्रमा हामीसँग भएका र हाम्रो वशमा भएका चीजहरु धेरै छन् । हाम्रो कन्ट्रोलमा भएका चीजहरु धेरै छन् । हामीले आफैंसँगै भएका साधनको प्रयोग गरेर विद्यालय सुधार्न सकिन्छ भनेरै गरेका हौं । अब त्यही मोडलबाट अन्य धेरै विद्यालयहरुलाई बनाउने लक्ष्यमा हामी लागेका छौं ।
त्यो हाजिरी पनि मिलाउँछन् । किनकि दिवा खाजाको व्यवस्था छ । जसका कारण फेक हाजिरी मिलाएर पनि भ्रष्टाचार हुने गरेको छ । हाजिरीमात्रै देखिएको छ भने फेल नै भए पनि माथि पुग्छ । अनि माथि पुगेपछि उसको पढ्न सक्ने लेभल छैन । नजानिसकेपछि माथिल्लो तहमा पुग्दा त पढाइ छैन अनि तनाव हुन्छ र विद्यालय छोडेर काम गर्नतिर लाग्छ ।
– सामुदायिक विद्यालयमा विद्यार्थीहरु नियमित नआउनुका पछाडि आर्थिक विपन्नता छ । यहाँले अध्ययन पनि गर्नुभएको छ । मधेसमा शिक्षाको अवस्था कस्तो छ ?
वास्तवमा तथ्यांकभन्दा धेरै विकराल अवस्था मधेस प्रदेशमा छ । तथ्यांक भनेको शिक्षा मन्त्रालयको आधिकारिक जानकारी होला । विद्यालयहरुबाटै फेक तथ्यांक जान्छ । मधेस सांस्कृतिक रुपमा धनी छ । तर, सामाजिक र चेतनाको तह, त्यससँगै जोडिएको आर्थिक जीवनस्तरको तह चाहिँ नेपालकै सबैभन्दा पछाडि छ । मधेस प्रदेश मानव विकासको सूचकांकमा एकदमै पछाडि छ । यो सबै शिक्षा, स्वास्थ्य, विकास, आयआर्जन आदिलगायत पक्षमा पछि हुनुले हो । त्यहाँका अभिभावकहरुमा चेतनाको स्तर कम छ । त्यसकारण अभिभावकहरुलाई बच्चालाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना छैन ।
त्यो चेतनाको स्तर बढाउनुपर्छ । आउट अफ स्कुल बालबालिकाको संख्या झन बढी छ । भर्ना हुनै नआउने बच्चाहरुको संख्या ठूलो छ । अर्को, जब ८/९ कक्षा पुग्छन् तब बालबालिकाले विद्यालय छोड्ने समस्या छ । गोलबजारसहितका वरपरका सबै विद्यालयहरु हामीले हेरेका थियौं । त्यहाँ विद्यार्थीहरुको नियमित उपस्थित हुने दर ४० देखि ४५ प्रतिशतमात्रै छ । किन त्यस्तो भएको होला भने ससाना बालबालिका विद्यालय बाहिरै खेलेका हुन्थे । जताततै गाउँ-टोलमा बालबालिका विद्यालय बाहिरै छन् ।
अलिक ठूलो कक्षाका बालबालिका विद्यालयमा भर्ना हुने तर स्थानीय इँटाभट्टामा काम गर्ने, भारत जाने वा अन्यत्र कार्य गर्ने गरेको पाइयो । उनीहरु स्कुल छोड्छन् अनि काम गर्न जान्छन् । फेरि सरकारको नीति के छ, बच्चाले भर्ना गरेको छ र वर्षभरि पढेको हाजिरी देखियो भन्ने । तर, त्यो हाजिरी पनि मिलाउँछन् । किनकि दिवा खाजाको व्यवस्था छ । जसका कारण फेक हाजिरी मिलाएर पनि भ्रष्टाचार हुने गरेको छ । हाजिरीमात्रै देखिएको छ भने फेल नै भए पनि माथि पुग्छ । अनि माथि पुगेपछि उसको पढ्न सक्ने लेभल छैन । नजानिसकेपछि माथिल्लो तहमा पुग्दा त पढाइ छैन अनि तनाव हुन्छ र विद्यालय छोडेर काम गर्नतिर लाग्छ ।
– मधेसमा बाल विवाहले शिक्षामा कस्तो असर गरेको देखिन्छ ?
त्यहाँ छात्राको विवाह चाँडो हुन्छ । कक्षा नौ-दशमा पुग्दाखेरी धेरै छात्राले विवाह गरिसकेका हुन्छन् । त्यहाँको संस्कार नै छिटो विवाह गर्ने रहेछ । कानूनले गर्न नदिएको अवस्थामा पनि बाबुआमाले जबरजस्ती विवाह गराइदिने परिस्थितिसमेत सृजना गरिँदो रहेछ । कतिपय छात्राले त त्यसकै कारण आत्महत्यासमेत गरेको मैले देखेको छु । तर, पछिल्लो समय विवाह गरिसकेपछि पनि कतै कतै पढाउन थालिएको पनि छिटुफुट देखिन्छ । यो सकारात्मक हो ।
– अभियानले आर्थिक उत्थान गर्न के के गर्न सक्छ ?
सामुदायिक विद्यालय सामुदायिक विकासको केन्द्र बन्नुपर्छ । सार्वजनिक विद्यालयका अभिभावकको आर्थिक स्थिति कमजोर छ, चाहे त्यो हिमाली वा पहाडी क्षेत्रको होस् । अधिकांश अभिभावकहरुको आर्थिक विपन्नता महत्वपूर्ण समस्या हो । जबसम्म अभिभावकको आर्थिक स्थितिमा सुधार आउँदैन तबसम्म बालबालिकाको सिकाइमा पनि सुधार आउँदैन । किनभने पारिवारिक वातावतरणका कारणले गर्दा उनीहरुको सिकाइलाई अपग्रेड गर्ने महत्वपूर्ण पक्ष भनेको खानपान, पोषण पनि हो । खानपानको पनि समस्या छ, सिक्ने वातावरणको पनि समस्या छ, अभिभावकले गर्ने गाइडेन्सको पनि समस्या छ, पढ्न चाहिने स्रोतको पनि समस्या छ भने कसरी सिकाइ होला ?
पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल पढेको विद्यालयमा हामी गएका थियौं । पुसको जाडोमा एक जना बालक कठ्यांग्रिँदै नांगै विद्यालय आएका थिए ।
सिकाइभन्दा पनि भोको पेटलाई पूर्ण बनाउनुपर्छ । सबैभन्दा पहिला त बच्चाको आधारभूत आवश्यकता पूर्ति भएपछि मात्रै सिकाइ हुन्छ । यसको समाधान गर्न विद्यालयहरुले विशेष मोडलको कार्यक्रम गर्नुपर्छ । त्यसका लागि स्थानीय तहले मोडल बनाएर सहयोग गरिदिनुपर्छ । जस्तै, विद्यालयहरुमा ‘एउटा विद्यालय, एउटा उत्पादन’, ‘एक विद्यार्थी, एक सीप’ जस्ता कार्यक्रम गर्न सकिन्छ ।
सामुदायिक विद्यालय सामुदायिक विकासको केन्द्र हो । सामुदायिक विद्यालय सामुदायिक उत्थानको केन्द्र हो, सामुदायिक विद्यालय समाजवादको केन्द्र हो, सामुदायिक विद्यालय सामाजिक रुपान्तरणको केन्द्र हो, सामाजिक सचेतनाको केन्द्र पनि हो । त्यो फ्याक्टलाई ध्यानमा राखेर सामुदायिक विद्यालयले व्यवहारिक रुपमा काम गर्नुपर्छ । अभिभावकको आर्थिक स्थिति सुध्रिएन भने बालबालिकाको सिकाइ पनि राम्रो हुँदैन । उनीहरु विद्यालयमा नियमित हुनेवाला पनि छैनन् । किन ? सिकाइभन्दा पनि भोको पेटलाई पूर्ण बनाउनुपर्छ । सबैभन्दा पहिला त बच्चाको आधारभूत आवश्यकता पूर्ति भएपछि मात्रै सिकाइ हुन्छ । यसको समाधान गर्न विद्यालयहरुले विशेष मोडलको कार्यक्रम गर्नुपर्छ । त्यसका लागि स्थानीय तहले मोडल बनाएर सहयोग गरिदिनुपर्छ । जस्तै, विद्यालयहरुमा ‘एउटा विद्यालय, एउटा उत्पादन’, ‘एक विद्यार्थी, एक सीप’ जस्ता कार्यक्रम गर्न सकिन्छ ।
उमेरलाई प्राथमिकता दिएर कुन उमेरकालाई के के गराउने भन्ने कुराको निर्णय गर्न सकिन्छ । जस्तै, ईसीडीका बच्चाहरुलाई राम्रो हेरचाह, ख्याल, उनीहरुको मनोविज्ञान बुझेर गराउनुपर्छ । पाँच कक्षामाथिकालाई सामाजिक भावना प्रेरित गर्ने, राम्रो पढ्ने वातावरण मिलाउने, उनीहरुमा पढाइप्रतिको रुचि पैदा गराउन सहयोग गर्ने । ७ कक्षापछि भने आयआर्जनका विषयमा ज्ञान दिने, नेतृत्व विकासका विषयहरु सिकाउने, ९ कक्षामाथिका बालबालिकालाई आवश्यक भएका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्ने सीपहरुको व्यवस्थित कार्यक्रम लागू गराउनुपर्छ ।
कतिपय समुदायका बालबालिकामा परम्परागत सीपहरु छन् । आफ्नो पढाइमा त्यस्ता विषयहरु समेटिदिएर त्यस्ता आफ्नै संस्कृतिमा भएका सीपहरुलाई उत्पादनमा जोड्ने र त्यहाँबाट आएका उत्पादनलाई बजारीकरणमा विद्यालय, अभिभावक एवम् स्थानीय तहका सरकारहरुले सहयोग गर्ने हो भने आर्थिक विपन्नताका समस्याहरु क्रमशः हल हुँदै जान्छन् र विद्यार्थीहरुको सिकाइमा पनि ठूलो टेवा पुग्दछ । त्यतिमात्रै होइन उमेर बढ्दै जाँदा, विद्यालयमा पढ्दै जाँदा पैसा पनि कमाउन सक्ने वातावरण सिर्जना गर्न सकेको खण्डमा बालबालिकाका आधारभूत आवश्यकताहरु सहजै पूरा हुन्छन् । जसका कारण पढाइप्रति उनीहरुको रुचि पनि जाग्छ र विद्यालयमा नियमित हुने सम्भावना बलियो बन्छ । किनकि बालबालिकालाई विद्यालय आउँदा आर्थिक जोहो हुने वातावरण निर्माण गरिदिएको खण्डमा उनीहरु विद्यालय छोड्दैनन् र छोडिहाले भने पनि बाहिर जाँदा सीप लिएर जान्छन् र अरुले भन्दा बढी कमाउन सक्छन् । यो मोडलमा गइयो भने हामी सफल हुन्छौं ।
अहिलेको शिक्षाले बालबालिकालाई उत्पादन र सेलिङको स्किल दिँदैन । यी दुई कुरा नदिएकैले विद्यालय र पढाइप्रति उनीहरु आकर्षित छैनन् । परम्परागत रुपमा लिएर आएका सीपलाई अहिलेको परिस्थिति बजारसँग विद्यालयको शिक्षाले जोडिदिने हो र त्यही सीपलाई अझै परिष्कृत बनाउन सकियो भने बालबालिका उत्प्रेरित हुन सक्छन् । शिक्षाको मूल विषय भनेकै आफूभित्रको क्षमतालाई बढाउने र आफ्नो चेतनाको स्तर वृद्धि गर्ने हो । यी दुवै कुरा विद्यालयहरुबाट बच्चाहरुले पाउन नसकेकैले विद्यालय छोडेका हुन् ।
– नेपालको शिक्षाका कमजोरीहरु र सुधारका उपायहरु के के हुन् ?
शिक्षाको उद्देश्य राष्ट्र निर्माण हो । हाम्रो उद्देश्य के हो ? कहाँसम्म पुग्ने हो ? शिक्षा केका लागि हो ? समाजवादको उद्देश्यतर्फ अघि बढिरहँदा यो भनेको के हो ? समाजवाद भनेको सबैको समानता, समतामूलक विकास भन्ने बुझिन्छ । ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा आइरहेको छ । त्यसतर्फ लैजान अहिलेका बालबालिकालाई भोलि कस्तो शिक्षा दिने ? उनीहरुलाई कस्तो खालको सीप सिकाउने ? कस्तो जनशक्ति बनाउने ? उनीहरुलाई देशको समृद्धिमा प्रयोग गर्ने भन्ने मुख्य विषय हो । त्यसकारण अहिले ईसीडीमा के सिकाउने, आधारभूत शिक्षा के दिने, १० कक्षामा के सिकाउने, अबको ५० वर्षपछि देश कहाँ पुग्छ वा कहाँ पु¥याउने विषयलाई गम्भीर भएर सोच्नुपर्छ । आज हामीले सिकाउने बालबालिकालाई अबको २५ वर्षपछि योगदान दिनसक्ने बनाउन खोजेको हो । त्यतिवेलाको देशको अर्थतन्त्र कति होला, कुन कुन सेक्टरमा कस्ता किसिमका जनशक्ति चाहिएला, कति चाहिएला भन्ने विषय अहिल्यैदेखि योजनाबद्ध हुनुपर्छ ।
धान, मकै, तोरीको तेलजस्ता कृषिजन्य उत्पादन किनेर खानुपर्ने अवस्था छ । भोलि फ्रान्समा केही भयो भने नेपालमा असर गर्ने अवस्था छ । अधिकांश खाद्यान्न भारतबाट किनेर खाइरहेका छौं । अहिलेको तत्कालीन आवश्यकता के हो भने कृषिलाई वैज्ञानिक तवरबाट अघि बढाउने प्राथमिकता हुनुपर्छ । मैले मेरो करेसाबारीमा आफूलाई चाहिने तरकारी उत्पादन गर्न किन नजानेको ? यो सबै नेपालीलाई सिक्नुपर्छ । नेपाललाई सिंगापुर बनाउने भनिन्छ । तर, त्यस्तो बनाउन त दृष्टिकोण चाहियो नि !
अबको ५० वर्षपछि देश कहाँ पुग्छ वा कहाँ पुर्याउने विषयलाई गम्भीर भएर सोच्नुपर्छ । आज हामीले सिकाउने बालबालिकालाई अबको २५ वर्षपछि योगदान दिनसक्ने बनाउन खोजेको हो । त्यतिवेलाको देशको अर्थतन्त्र कति होला, कुन कुन सेक्टरमा कस्ता किसिमका जनशक्ति चाहिएला, कति चाहिएला भन्ने विषय अहिल्यैदेखि योजनाबद्ध हुनुपर्छ ।
लि क्वानले सन् १९६५ मा लथालिंग अवस्थामा पुगेको राज्यलाई सम्हाल्दै शिक्षाको रणनीतिलाई बदलेका थिए । पहिलो १० वर्ष त्यहाँका मानिसहरु विपन्न भए, अरुमा निर्भर भए भनेर पहिले आफैं आत्मनिर्भर बन्नुपर्छ भनेर पाठ्यक्रममा आत्मनिर्भरताको कुरालाई समेटे । आफैं सक्षम कसरी बन्ने भन्ने कुरा पढाइयो, सिकाइयो । १० वर्षमा उनीहरु आत्मनिर्भर बने । आधारभूत आवश्यकता पूरा भइसकेपछि उनीहरु औद्योगीकरणमा गए र उत्पादनमुखी उद्योगहरु खोल्न आवश्यक जनशक्ति तयार गर्नतर्फ लागे । कतिसम्म गरे भने सिंगापुरमा बेस्ट पिउने पानीको स्रोत छैन । मलेशियाको पानीलाई समुद्रबाट ल्याएर उत्कृष्ट मिनरल वाटर बनाएर मलेशियालगायत अन्य देशमा बेच्न सफल भए ।
त्यसपछि उनीहरुले शिक्षाको नीतिमै राखे । औद्योगीकरणमा एक चरणको फड्को मारेपछि साइन्स एण्ड टेक्नोलोजीलाई ध्यान दिए । कम्प्युटर, म्याथ, विज्ञान, आईसीटीलाई उनीहरुले प्राथमिकतामा राखे । सिंगापुरमा समयक्रमसँगै उनीहरुले मानवताका विषयलाई शिक्षामा राखे र अहिले भने इमोशनल इन्टिेलिजेन्समा केन्द्रित भएर शिक्षा दिने गरिएको छ । यसर्थ नेपालमा पनि अबको दशकौंपछिको भविष्य देखेर शैक्षिक नीति तय गरेर अघि बढ्नुपर्छ ।
– नेपालमा पछिल्लो राजनीतिक रुपान्तरणपछि पनि सामुदायिक शिक्षाको गुणस्तर खस्कँदो छ । शैक्षिक सुधार गर्न नीतिगत सुधार नहुनुको कारण के हो ?
केही समयअघि बुर्जुवा शिक्षा भन्दै यो सभ्रान्त वर्गको मात्रै हो भनियो । तर, उहाँहरुले नै शिक्षा मन्त्रालय सम्हाल्दा पनि खास केही परिवर्तन गरिएन । हाम्रो देशको एउटा राजनीतिक कर्मचारीतन्त्रको एउटा प्याटर्न छ । उहाँहरु दलाल, ठगहरुको चंगुलमा हुनुहुन्छ । एउटा ठेकेदारले मन्त्रीलाई तुरुन्तै भेट्न पाउँछ किनकि ऊ कमिसनको डिल गरिरहेको हुनसक्छ ।
संघीय शिक्षा ऐन, राष्ट्रिय शिक्षा नीतिको उच्चस्तरीय आयोग बन्यो, सुझाव पनि पेस गरियो । तर, त्यो कसैको सिरानीमुनि, दराजमा लुकाइयो । अहिलेसम्म आएन । हामी अहिले कुहिरोको काग भएका छौं । कहाँ पुग्ने भन्ने थाहा छैन । मन्त्रीहरुले किन गर्दैनन् भने शिक्षा सबैको कम प्राथमिकतामा पर्छ । कम्तिमा विद्यालयमा केही वर्ष देखेको, भोगेको, त्यहाँको रोदन, दुःख र पीडा देखेको बुझेको मान्छे जानुपर्छ । तर, शिक्षा बुझेका मान्छेलाई त्यहाँ जान दिइँदैन ।
– कतिपय अवस्थामा नेपालको पाठ्यक्रम अमेरिकाको भन्दा राम्रो भएको दाबी गरिन्छ । त्यस्तो हो र ?
मान्छेले अमेरिकाको पाठ्यक्रम हेरे, नेपालको पनि हेरे । उसले उसको देशको लागि बनाएको हो । हामीले हाम्रो लागि बनाएको हो । हाम्रो माटो सुहाउँदो छ कि छैन ? छैन भने संसारको सबैभन्दा खराब पाठ्यक्रम त्यही हो । मान्छे ब्याचलरसम्म पढ्ने अनि झोला बोकेर कमाउन खाडी मुलुक जाने अवस्था छ भने यो पाठ्यक्रमलाई राम्रो भन्नुहुन्छ ?
हामीले आफ्नै मौलिकतामा टेकेर हाम्रा क्षमता, उत्पादनलाई विश्व बजारीकरण पनि गर्नुपर्छ । मेरो मात्रै राम्रो हो भनेर बस्नुहुन्न । आफ्नो धरातलमा टेकेर फड्को मार्नुपर्छ । पाठ्यक्रमको विषयलाई हेर्दा सिकाइ प्रक्रियाले जिम्मेवार भूमिका हुने गर्छ । बच्चाहरु ठूलो हुँदै जाँदा आत्मविश्वास घट्नुको कारण के हो भने हामी सधैं तिमी गर्न सक्दैनौं भन्ने हाम्रो मूल्यांकन हुन्छ यसले भूमिका खेल्छ ।
शिक्षक समाजको मार्गदर्शक हो । तर, आफू पढाइरहेको विद्यालयलाई चाहिँ ध्वस्त बनाउने, त्यहाँ कामै नगर्ने, राजनीति गर्ने, त्यहाँ जिम्मेवारी नलिने, त्यहाँ विभिन्न कार्यले शिथिल बनाउने, जानेर वा नजानेर काम गरिरहने अनि आफ्नो बच्चालाई सर्लक्कै अर्को विद्यालय लैजाने यो भनेको त सीधासिधी फट्याइँ हो नि ! तर, भोलि यस्तो स्थिति पनि नआओस् कि आम अभिभावकहरुले भोलि शिक्षकहरुलाई ‘इनफ इज इनफ’ भनेर त्यो खालको बाध्यकारी अवस्था नआओस् ।
– परीक्षा प्रणाली खारेज गरौं भन्ने तपाईंको वकालत थियो । कसरी खारेज गर्ने ? विकल्प के के हुन सक्छन् ?
कक्षा १० को एसईई परीक्षालाई ठूलो हाउगुजी बनाइएको छ । त्यो खारेज हुनुपर्छ भन्ने विचार हो । त्यसलाई विद्यालयले लिँदा हुन्छ, कुनै स्थानीय तह वा प्रदेशले लिँदा पनि हुन्छ । राष्ट्रियस्तरको परीक्षा भनेर बच्चालाई अनावश्यक तनाव दिनुहुँदैन । ३ घण्टाको परीक्षामा बालबालिकाको असल मूल्यांकन हुनसक्दैन । हामीले निरन्तर निर्माणात्मक, सुधारात्मक मूल्यांकन गर्नुपर्छ । त्यसका लागि शिक्षकको तालिम र क्षमता माथि लानुपर्छ ।
नेपालको समस्या के छ भने पाठ्यक्रम परिवर्तन भइसकेको छ । तर, शिक्षकलाई तालिम छैन ।
– सामुदायिक विद्यालय सुधार गर्न सरकारी शिक्षकहरु किन जिम्मेवारी हुन सकेनन् ?
सामुदायिक शिक्षकहरुले वा सरकारी कर्मचारीहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउनपर्छ भन्ने चाहिँ एउटा आदर्श वाक्य हो । यो नैतिकताको प्रश्न हो । यसलाई कानूनी रुपमा बाँध्न सकिन्छ पनि र बाँध्दै गर्दा मौलिक हक, मानव अधिकारका विषय पनि आउन सक्लान् । शिक्षक एउटा उच्च नैतिक चेतना भएको व्यक्ति हो । पहिले उसले आफूलाई भरोसा गरिरहेको छैन भने समाजले उसलाई कसरी भरोसा गर्छ ?
शिक्षक समाजको मार्गदर्शक हो । तर, आफू पढाइरहेको विद्यालयलाई चाहिँ ध्वस्त बनाउने, त्यहाँ कामै नगर्ने, राजनीति गर्ने, त्यहाँ जिम्मेवारी नलिने, त्यहाँ विभिन्न कार्यले शिथिल बनाउने, जानेर वा नजानेर काम गरिरहने अनि आफ्नो बच्चालाई सर्लक्कै अर्को विद्यालय लैजाने यो भनेको त सीधासिधी फट्याइँ हो नि ! तर, भोलि यस्तो स्थिति पनि नआओस् कि आम अभिभावकहरुले भोलि शिक्षकहरुलाई ‘इनफ इज इनफ’ भनेर त्यो खालको बाध्यकारी अवस्था नआओस् । कतिपय फरक परिस्थिति होलान् त्यो छुट्टै कुरा हो । तर, आम अवस्थामा पनि शिक्षकले त्यसो गर्नु भनेको सरासर फट्याइँ हो, बेइमानी हो । मैले यति मात्रै भनें ।
– शैक्षिक क्षेत्रका सबै समस्या समधान गर्न कसको के भूमिका हुन्छ ?
बालबालिकाको रुचि पैदा गराउन पढ्ने र पढाउने पाठ्यक्रम वास्तविक जीवनसँग जोडिने हुनुपर्छ । शिक्षकले कस्तो खालको मेथड प्रयोग गर्नुहुन्छ भन्ने विषय अर्को हो । कक्षाकोठालाई रोचक बनाउने काम शिक्षकको हो । पाठ्यक्रम जति नै राम्रो भए पनि बालबालिकाको मनोविज्ञान फरक हुने भएकाले त्यसमा ध्यान दिनुपर्छ । त्यो मनोविज्ञान, बालबालिकाको सिक्ने तरिकालाई क्याच गरेर सिकाउनुपर्छ । फरक-फरक खालको तरिकालाई एडजस्ट गर्ने किसिमका तरिकाहरु कक्षाकोठामा समावेश गर्नुपर्यो । डन्ट फल्लो द टिचर, फल्लो चिल्ड्रेन ।
बालबालिकाको रुचि पैदा गराउन पढ्ने र पढाउने पाठ्यक्रम वास्तविक जीवनसँग जोडिने हुनुपर्छ । शिक्षकले कस्तो खालको मेथड प्रयोग गर्नुहुन्छ भन्ने विषय अर्को हो । कक्षाकोठालाई रोचक बनाउने काम शिक्षकको हो । पाठ्यक्रम जति नै राम्रो भए पनि बालबालिकाको मनोविज्ञान फरक हुने भएकाले त्यसमा ध्यान दिनुपर्छ ।
अब प्रश्न आउँछ, हरेक बच्चाको रुचि बुझ्न भने ४५ मिनेटको घण्टी पर्याप्त हुन्न । त्यसैले एउटा पिरियड ७५ मिनेटसम्मको बनाउनुपर्छ । जसले गर्दा दिनको ४ वटा पिरियड पढाउने । यसले बच्चाको बोझ पनि घट्छ । वास्तवमा धेरै होमवर्क गरेकाले बच्चाको सिर्जनशीलता देखिँदैन । त्यसकारण बच्चालाई ग्रुप वर्क गराउने, टीम वर्क गराउने, नाच्दै, गाउँदै सिकाउन सहजीकरण गर्नुपर्छ । अब यसमा शिक्षकको रोल भनेको बालबालिकाको इन्ट्रेस्टलाई कसरी म्याक्सिम बनाउनेतर्फ ध्यान दिनुपर्यो । अब यो र परीक्षा लिंक हुनुपर्यो । पढाइ यस्तो । तर, परीक्षा चै ३ घण्टे भयो भने कुरा त मिलेन । याद किसिमको भन्दा पनि व्यवहारसँग सम्बन्धित प्रश्नहरु परीक्षामा दिनुपर्यो । यसो भएमा बच्चामा रुचि हुन्छ । अहिले त शिक्षकले भन्ने र बच्चाले सुन्ने । अनि कसरी उनीहरुको रुचि हुन्छ त ?
– भनेपछि सरकारी निकायले नीति बनाउनुपर्यो, शिक्षक सिर्जनशील हुनुपर्यो, अभिभावक सचेत हुनुपर्यो, कक्षाकोठामा वातावरण मिलाउनुपर्यो । यसो गरे परिवर्तन हुन्छ ?
अवश्य हुन्छ ।
– तपाईंहरुले शैक्षिक रुपान्तरण गर्न राजनीतिज्ञहरुसँग भेट्दा के पाउनुभयो ?
मधेस प्रदेशका कुनै पनि जिल्लामा साक्षरतादर बढेको छैन । यहाँ आर्थिक कारणले नै विद्यालयका अवस्था खस्किएको छ । अभिभावकको स्तर उठे पो बालबालिकाको पनि स्तर बढ्छ । पहिलो खुड्किलो के हो भने साक्षर हुनुपर्यो । अनि पो बच्चाहरुको तह पनि बढ्छ । त्यसकारण हामीले अहिले ‘सक्षम मधेस, साक्षर मधेस’ अभियान नै चलाइरहेका छौं ।
– राजनीतिक दलका नेताहरुले के भन्नुहुन्छ ?
उहाँहरु कतिपयले इस्यु बुझ्नुभएको छैन । राजनीतिक मान्छेको कुरै छोड्दिनुस् । शिक्षामन्त्रीलाई नेपालका प्रधानाध्यापकहरुको अवस्था कमजोर छ । ८० प्रतिशतभन्दा बढीले नेतृत्व लिन सक्नुहुन्न भन्दा उहाँहरु पत्याउनुहुन्न । हो र भन्नुहुन्छ । तर, मलाई अचम्म चाहिँ केमा लाग्छ भने मधेसमा राजनीति गर्नुभयो, जित्नुभयो । सांसद, मन्त्री बन्नुभयो । तर, मधेसका अवस्था र समस्याबारे उहाँहरुलाई नै थाहा छैन । मधेसमा नेता छैन । मधेसका समस्या बुझ्ने, मधेस बुझ्ने नेता साँच्चै छैनन् ।
– अन्त्यमा के भन्नुहुन्छ ?
शिक्षा, स्वास्थ्य, सामुदायिक विषयमा हामी लाग्नुपर्छ । समाज बदल्ने हामीले हो । नेताहरुले नीति बनाउने हो । तर, नागरिकहरु पनि सचेत भएनौं भने, हामीले जिम्मेवार भूमिका खेलेनौं भने खाली गाली गरेरमात्रै हुँदैन । नराम्रो मान्छेलाई निर्वाचमा हराउनुपर्थ्यो । ‘नो नट एगेन’ भनेका थियौं । तर, तिनीहरु नै निर्वाचित भएका छन् । अनि सुधारका अपेक्षा गर्छौं । कसरी हुन्छ ? यो पाँच वर्ष गल्ती भयो । अबको पाँच वर्षपछि शिक्षालाई बुझ्ने, क्षमतावानलाई भोट दिऊँ । अनि मात्रै शिक्षाको रुपान्तरण हुनेछ ।