सलोन अभिनित ‘जय हो’ को छायांकन लोकेशन पोखरा र मुस्ताङ फाइनल – Nepal Press

सलोन अभिनित ‘जय हो’ को छायांकन लोकेशन पोखरा र मुस्ताङ फाइनल

काठमाडौं । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’ को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् ।

पर्यटन प्रवर्द्धनको मुख्य ध्येयसहित मुस्ताङमा ९० प्रतिशत र बाँकी पोखरामा छायांकन गरिने निर्माण टीमले जनाएको छ ।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा अहिलेसम्म सलोनमात्र निश्चित भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको टुंगो छिट्टै लाग्ने बताइएको ५ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ । आउँदो माघ अन्तिम सातादेखि सिनेमाको छायांकन सुरू हुनेछ ।

विवाहपछि छायांकनमा फर्किएका सलोन ‘जय हो’ लाई लिएर उत्साहित छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकमा रहने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर