स्वराज ट्रयाक्टर सर्भिस क्याम्प’ सम्पन्न – Nepal Press

स्वराज ट्रयाक्टर सर्भिस क्याम्प’ सम्पन्न

काठमाडौं । नेपालमा ‘गल्फ लुब्रिकेन्ट’को उत्पादन तथा वितरण गर्ने ‘नेपाल ल्युब आयल’ लिमिटेडले ‘स्वराज ट्रयाक्टर सर्भिस क्याम्प’ सम्पन्न गरेको छ ।

‘नेपाल ल्युब आयल’ र आधिकारीक बिक्रेता ‘ओईएम’ सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा पौष ७ देखी १४ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा क्याम्प संचालन गरिएको हो ।

क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज त्यसैगरी ट्रयाक्टर धनी र ड्राइभरको निःशुल्क बडी चेकअप र रक्तचाप जाँच गरिनुका साथै सहभागी सबैलाइ उपहार स्वरूप गल्फको टी-शर्ट, कि-रिङ्ग र डटपेन प्रदान गरिएको थियो ।
क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर