ज्येष्ठ नागरिकले ज्याकेट पाएपछि भने- अब चिसोबाट बाँचिने भइयो – Nepal Press

ज्येष्ठ नागरिकले ज्याकेट पाएपछि भने- अब चिसोबाट बाँचिने भइयो

सिन्धुपाल्चाेक । बलेफी गाउँपालिका-६ की ७० वर्षीया बाटुली बिक पुसको कठ्याङग्रीदो चिसोमा बिहानै लट्ठी टेक्दै वडा कार्यालयमा आइपुगेकी थिइन् ।

चिसोमा वृद्धाहरुलाई ज्याकेट बाढ्ने खबर आएपछि उनी वडा कार्यालयमा आएकी थिइन । देशभर चिसो बढेर स्थानीय प्रभावित भएका छन् ।

आफ्ना वडाका स्थानीयलाई चिसोबाट जोगाउने उदेश्यले नेकपा एमालेका नेता तथा समाजसेवी भरतप्रसाद पराजुलीले वडाभरका वृद्धा र असाहयहरुलाई जाडोमा न्यानो ज्याकेट वितरण गरेपछि वडाभरका वृद्धाहरु खुशी भएका छन् । जाडोमा न्यानो ज्याकेट लगाएपछि खुशी हुँदै बाटुलीले भनिन् अब हाम्रो स्वास्थ्यप नि परिक्षण गरेर, औषधि पनि पाए केही वर्ष बाँचिने थियो की !

नेकपा एमाले बलेफी-६ नंम्वर वडा कमिटीको आयोजना र समाजसेवी भरत पराजुलीको ब्यवस्थापकीय सहयोगमा वडाका तिन सयभन्दा बढी वृद्धा र असाहयलाई बस्ती बस्तीमा पुगेर ज्याकेट वितरण गरिएको थियो । वडा कार्यालयसम्म आउन नसक्नेहरुलाई टोल टोलमा पुगेर नै ज्याकेट प्रदा नगरिएको एमाले नेता भरत पराजुलीले बताए ।

‘जेष्ठ नागरिकहरु देशको सम्पत्ति हुन्, उहाँहरुको सम्मान गर्नुपर्छ त्यसैले चिसोमा केही भएपनि राहत होस् भनेर ज्याकेट बाँडेका हौं’, पराजुलीले भने, ‘उहाँहरुले सक्दासम्म हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो अव हामीले उहाँहरुलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।’

आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरु साथमा नभएका जेष्ठ नागरिकहरुको अवस्थालाइ मध्य नजर गर्दै यो सेवा क्षेत्रमा आफूले केही लगानी गरेको समाजसेवी पराजुलीले बताए । जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउदा आफूलाई खुशी लागेको पराजुलीले बताए ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा सहभागी मतदाताहरुलाइ धन्यवाद सहित जेष्ठ नागरिकलाई सम्मान दिने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले बलेफी–६ का वडा कमिटिका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए ।

नेकपा एमालेले विभिन्न लक्षित समुदायहरुका लागी यस्ता सिर्जनात्मक कामहरु गर्दै आएको र यसलाइ ठाउँ अवस्था अनुसार निरन्तरता दिदै जाने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

चिसोका कारण आफूहरुलाइ विभिन्न स्वास्थ्य समस्या हुने गरेको जेष्ठ नागरीक सुनमाया तामाङले बताए । यो न्यानो कपडा जाकेटले धेरै सुविधा हुने बताइन् । बलेफी ६ को कुवापानी, भन्ज्यांङ र तल्लो जालवारी लगायतका बस्तीमा जाकेट वितरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर