प्रचार अभावले धार्मिक पर्यटकीय स्थल साप्सुधाप ओझेलमा (भिडिओ) – Nepal Press

प्रचार अभावले धार्मिक पर्यटकीय स्थल साप्सुधाप ओझेलमा (भिडिओ)

भोजपुर । धार्मिक पर्यटकीय स्थल साप्सुधाप प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पूर्वको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको यो स्थान प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।

यहाँ दर्शन गरे चिताएको पुग्ने जनविश्वासको साथ देशका विभिन्न ठाउँबाट मानिसहरु पुग्ने गरेका छन् । भोजपुरको चखेवा भञ्याङबाट करिव १० किलोमिटर टाडा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पर्ने यो स्थानमा दर्शन गरे चिताएको पुग्ने स्थानीयबासीको भनाइ छ ।

भिडिओ:

आफ्नो भाकल पुरा गर्नको लागि भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, विराटनगर, काठमाण्डौ लगाएत ठाउँबाट मानिसहरु आउने गरेका छन् । प्रसिद्ध साप्सु खोलाको शिरमा रहेको यो स्थानमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ । स्थानीय सरकारले यहाँको विकासका लागि मन्दिर निर्माण, घेराबारा तथा आवत जावतको लागि बाटोसमेत विस्तार गरेको छ । यसलाई अझ प्रचार गर्न सके पूर्वको एक प्रसिद्ध स्थानको रुपमा स्थापित हुने स्थानीयबासी रुद्र बहादुर कठेतको भनाइ छ ।

स्थानीयबासीको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको थप संरक्षणसँगै प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको आगमन बढ्ने देखिन्छ । यो धार्मिक स्थलको प्रचार तथा विकासमा स्थानीय तहसँगै राज्यलेसमेत ध्यान दिन आवश्यक रहेको स्थानीयबासी राजकुमार कठेतले बताए । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर