भैरहवा विमानस्थलको हबिगत पोखरामा नहोस् : पर्यटन बोर्ड सिइओ
काठमाडौ । नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले भैरहवाको जस्तो हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा गाह्रो हुने बताएका छन् ।
नेपाल पर्यटन बोर्डको २४ औं वार्षिक उत्सवको अवसरमा पर्यटन बोर्डमा भएको कार्यक्रममा बोल्दै रेग्मीले भने, ‘राज्यले एयरपोर्ट बनाएर मात्र चल्दैनरहेछ।’ रेग्मीले पर्यटन व्यवसासि, हवाइ सेवा प्रदायकहरु मिलेर मात्रै विमानस्थल राम्रोसँग चल्न सक्ने तर्क गरे। बुद्ध जन्मथलोमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पनि सोचेजस्तो उडान नभएको भन्दै रेग्मीले पोखरामा पनि त्यस्तै बनाउनु नहुने तर्क गरे।
सिइओ रेग्मीले नेपाल पर्यटन बोर्डले अहिले टाढाका गन्तव्य भन्दा नजिकका गन्तव्यमा प्रबर्द्धन आवश्यक भएको भन्दै बोर्डले त्यसै अनुरुप मलेसियामा प्रबर्द्धन कार्यक्रम गरेको बताए । प्रदेश केन्द्रित कार्यक्रम ल्याउने र भ्रमण वर्ष मनाउने गर्दा पर्यटन प्रबर्द्धन राम्रो हुने रेग्मीले बताए।