कार्यालय प्रमुख भ्रष्ट्राचार मुद्दामा दोषी ठहर : निमित्तको भरमा जिप्रका – Nepal Press

कार्यालय प्रमुख भ्रष्ट्राचार मुद्दामा दोषी ठहर : निमित्तको भरमा जिप्रका

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर यादव भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएर निलम्बनमा परेपछि जिल्ला प्रहरी कार्यालय निमित्तको भरमा सञ्चालन भइरहेको छ ।

एक साता देखि निमित्तको भरमा कार्यालय सञ्चालन दैनिक सम्पादन गर्नुपर्ने काममा समस्या भएको छ ।

जिल्लामा रहँदा समेत विवादित रहेका एसपी यादवलाई सर्वोच्च अदालतले दोषी ठहर गरेपछि यादव निलम्बनमा परेका हुन् । सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो ।

उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । २०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको थियो । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको थियो ।

विवादित छविका एसपी यादवले स्थानीय निर्वाचनमा भएका सामान्य घटनामा संलग्नहरुलाई गम्भीर प्रकृतिका मुद्दा दर्ता गरेर दुःख दिएका थिए भने गम्भीर प्रकृतिका मुद्दा दर्ता गर्नुपर्ने घटनमामा भने राजनीतिक प्रतिशोधका आधारमा मुद्दा नै चलाएका थिएनन् ।

जिल्लामा रहँदा उनको व्यवहार बाट आजित भएका कानुन व्यवसायीहरु उनी प्रहरी प्रमुख रहँदा सम्म प्रहरी कार्यालयमा नजाने भन्दै उनको कार्यशैलीको विरोधमा थिए ।

जिल्ला वारका पूर्व अध्यक्ष भेषराम ढकाले गएको असारदेखि आफू जिल्ला प्रहरी कार्यालय भित्र नै नगएको बताउँछन् । कानून व्यवसायी
भएर लामो समय देखि जिल्लामा कार्यरत रहँदा उनी जस्ता एसपी सिन्धुपाल्चोकमा कहिले पनि नआएको ढकालले बताए । उनको कार्यालयमा धेरै निर्दाेषहरुलाई राजनीतिक आडमा फसाएको ढकालले आरोप लगाए ।

कार्यालय प्रमुख निलम्बनमा परेपछि अहिले डीएसपी शिवकुमार बुढाथोकी कार्यवाहक रहेका छन् । तर प्रहरी प्रधान कार्यालयले डीएसपी बुढाथोकीलाई निमित्तको जिम्मेवारी दिएको छैन ।

कार्यालय प्रमुख नै भ्रष्ट्राचार गरेको ठहर भएपछि प्रहरीप्रति नागरिकहरुको विश्वास समेत टुट्दै गएको उनको गुनासो थियो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी प्रमुख मध्ये हालसम्म बहाल रहेको अवस्थामा नै भ्रष्ट्राचार ठहर भएर दोषी ठहर भएको यादव मात्रै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर