सुनकोसी –२ रैकरडाँडामा सामुदायिक भवन निर्माण सुरु – Nepal Press

सुनकोसी –२ रैकरडाँडामा सामुदायिक भवन निर्माण सुरु

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका २ रैकर डाँडामा निर्माण हुन लागेको सामुदायिक भवनको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले शिलान्यास गरेका छन् ।

सामुदायिक भवन नहुँदा स्थानीयको विभिन्न समस्याहरूमा हुने भेला,बैठक तथा अन्य विभिन्न कार्यक्रमहरू सञ्चालनको लागि समस्या हुँदै आएको थियो ।

ठोकर्पाको रैकर डाँडामा सामुदायिक भवन निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको रैकरडाँडा सामुदायिक भवन निर्माणका लागि गाउँपालिकाले यो वर्ष ५ लाख रुपियाँ विनियोजन गरेको छ ।

अहिले उक्त रकमबाट भवन निर्माण सुरु गरिने र नपुग बजेट गाउँपालिकाले आगामी आर्थिक वर्षमा विनियोजन गरेर भवन निर्माण सम्पन्न गरिने गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए।

स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा एउटा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

भवन निर्माणका लागि गाउँपालिका,वडा लगायत अन्य सहयोगी निकायहरूलाई आग्रह गरिएको भवन निर्माण समितिका अध्यक्ष कृष्णबहादुर न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर