नेकपा एसको पोलिटब्युरो बैठक सुरू, प्रचण्ड नेतृत्वको सरकारलाई गर्ला त समर्थन ? – Nepal Press

नेकपा एसको पोलिटब्युरो बैठक सुरू, प्रचण्ड नेतृत्वको सरकारलाई गर्ला त समर्थन ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज सुरु भएको छ।

आगामी रणनीति तय गर्ने, वामपन्थी एकताका लागि छलफल अगाडि बढाउने लगायतका विषय बैठक सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

शनिवार र आइतबार बसेको स्थायी कमिटीको बैठक बसेको थियो। नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् ।

केही नेताहरूले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने अधिकांशले सरकारमै जानुपर्नेमा नेताको जोड दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर