यी व्यक्तिकाे पहिचान गर्नेलाई अख्तियारले ५० हजार रुपैयाँ पुरस्कार दिने
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्तिको मधुरो तस्विर सार्वजनिक गर्दै पहिचान गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
अख्तियारले पुस १३ गते सूचना निकाल्दै अनुसन्धानमा जोडिएका ती व्यक्तिको पहिचान नखुलेको भन्दै चिन्नेले नजिकको प्रहरी कार्यालय वा आफ्नो कार्यालयमा इमेलमार्फत वा टेलिफोन गरेर जानकारी दिने सकिने जनाएको छ। सबैभन्दा पहिले सूचना दिनेलाई पुरस्कृत गरिने सूचनामा उल्लेख छ।
ती व्यक्तिले भष्ट्रचारसँग जोडिएको मुद्धाको अनुसन्धानमा बैंकबाट पैसा झिकेको पाइएपनि ती व्यक्ति को थिए भन्ने पहिचान खुल्न नसकेको अख्तियारले जनाएको छ। अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले अनुसन्धानमा रहेको व्यक्ति भएकाले धेरै कुरा भन्न नमिल्ने बताए।
‘भष्ट्रचारको मुद्धामा जोडिएका व्यक्ति हुन्। योभन्दा बढी यसबारे केही भन्न मिल्दैन,प्रवक्ता भण्डारीले भने।