एयरपोर्टमा सर्वसाधारणको मोबाइलमा बन्देज नलाउने नीतिगत व्यवस्थाका लागि प्रधानमन्त्रीको निर्देशन – Nepal Press

एयरपोर्टमा सर्वसाधारणको मोबाइलमा बन्देज नलाउने नीतिगत व्यवस्थाका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किएका व्यक्तिले ल्याएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेकोप्रति आपत्ति जनाएका छन्।

उनले अर्थमन्त्री विष्णु पौडेललाई नीतिगत समस्या भए पनि तत्काल समाधान गर्ने निर्देशन दिएका हुन्।

‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिनुभएकाे छ ।’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *