तीन दिनको सडक खाना महोत्सवमा दुई लाखले अवलोकन गरे, २ करोडको कारोबार – Nepal Press

तीन दिनको सडक खाना महोत्सवमा दुई लाखले अवलोकन गरे, २ करोडको कारोबार

रुपन्देही । बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गदै २ करोड मुल्य बराबरको कारोवार भएको आयोजकले जनाएको छ ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रवारदेखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरिएको थियो ।

अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवले सहभागी स्टलधनीहरुलाई राम्रो व्यवसाय गर्ने अवसर प्रदान गरेको संघका महासचिव माधव कुमार खनालले बताए ।

सडक खाना महोत्सवले बुटवलको कालिका पथ दुलही झै सजिएकोले निकै मनमोह बनेको थियो । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

बुटवल उपमहानगरपालिका वडा न–९ कालिकापथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो । महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुतिले खाना महोत्सव निकै रमणीय बनेको थियो ।

तीन दिने यस पटकको खाना महोत्सवले बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने बाटो देखाएको व्यवसायीहरुको भनाइ छ । बुटवल उपमहानगरले यही उत्साह देखेर यो क्षेत्रमा रात्रीकालीन बजार संचालनका लागि समन्वय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर