अदालतबाट पुनर्वहालीको पत्र लिएर जंगी अड्डा पुगेका जर्नेल शाही सैनिक प्रहरीको हिरासतमा
नेपाल प्रेस
२०७९ पुष १९ गते १४:५४
काठमाडौं । वुधबारबाट अनिवार्य अवकाशमा जान लागेका दुई तारे जर्नेल (उपरथी) प्रेमप्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । आर्थिक अनियमततामा संलग्न रहेको पाइएपछि शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
शाही १५ दिनदेखि विदामा थिए । प्रवक्ता भण्डारीले आर्थिक अनुशासन सम्बन्धी छानबिनमा उपरथी शाहीलाई नियन्त्रणमा लिइएको बताए । ‘उहाँ बहालमा रहेको अवस्थामा आर्थिक अनियमितता भएको भन्ने कुरा आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, उनले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर