‘विद्यालय शान्ति क्षेत्र’ को उल्लंघन भयो, विभागीय स्वीकृतबिना कसैलाई प्रवेश नगराउनू : काठमाडौं महानगर – Nepal Press

‘विद्यालय शान्ति क्षेत्र’ को उल्लंघन भयो, विभागीय स्वीकृतबिना कसैलाई प्रवेश नगराउनू : काठमाडौं महानगर

काठमाडौं । विद्यालय शान्ति क्षेत्रको उल्लंघन भएको भन्दै काठमाडौं महानगरपालिकाले स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

विद्यालयले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्वस्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन र कसैलाई आमन्त्रण गर्नैपर्ने भएमा विभागलाई पूर्वजानकारी गराएर मात्र प्रवेश गराउन निर्देशन दिइएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर