एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव – Nepal Press

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुरधाम ‌। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।

मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌।

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर