तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग अध्यक्ष गुरुङको छलफल – Nepal Press

तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग अध्यक्ष गुरुङको छलफल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमिति विस्तार गर्ने सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा भएको छलफलमा तरुण दललाई विस्तार गरेर संगठन देशव्यापी रूपमा चलायमान बनाउनेबारे कुरा भएको थियो ।

सभापति देउवाले तरुण दल विस्तार गर्ने सन्दर्भमा सकारात्मक प्रतिक्रिया दिएको अध्यक्ष गुरुङले बताए ।

भेटमा कांग्रेसलाई सशक्त बनाउन तरुण दलको विस्तार जरुरी रहेको उनले बताए । गुरुङबाहेक तरुण दलमा अरू कार्य समिति सदस्य तोकिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर