फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ? – Nepal Press

फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ?

काठमाडौं । टेक जायन्ट कम्पनीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता देखी वेब ब्राउजर गुगल क्रोमको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै सो मितिदेखि गुगलले आफ्नो पुरानो भर्सनको वेब भर्सनमा टेक्निकल सपोर्ट बन्द गर्ने छ ।

हाल गुगलको गुगल क्रोम १०९ नामक संस्करण सञ्चालनमा छ । हाल सञ्चालनमा रहेको यो भर्सन विन्डोज ७ भन्दामाथिका अपरेटिङ सिस्टम भएका कम्प्युटरहरुमा मात्र उपलब्ध छ भने क्रोमको नयाँ संस्करण क्रोम ११० भने विन्डोज १० भन्दा माथिका अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुने छ ।

हाल सञ्चालनमा रहेको क्रोम १०९ लाई गुगलले पूर्ण रूपमा बन्द नगर्ने भएतापनि जनावरी १५ देखि यसको टेक्निकल सपोर्ट बन्द हुने हुँदा यो भर्सनका प्रयोगकर्ताहरूले कुनै पनि सुरक्षा सुधार र थप कुराहरू सहित कुनै पनि नयाँ अद्यावधिकहरू प्राप्त गर्ने छैनन् ।

तसर्थ क्रोम १०९ का प्रयोगकर्ताहरूको क्रोम कारणबस बन्द भएमा अपरेटिङ सिस्टमलाई अपडेट ९ विन्डोज १० कम्तीमा ० गरेर क्रोमको नयाँ भर्सन प्रयोग गर्न पर्ने हुन्छ ।

‘क्रोम १०९ क्रोमको अन्तिम संस्करण हो जसले Windows 7 / Windows 8/8.1 लाई समर्थन गर्नेछ। क्रोम 110 संभवत फेब्रुअरी ७, २०२३ मा रिलिजको लागि निर्धारित गरिएको भर्सन हो जसलाई Windows 10 वा पछिको आवश्यक पर्छ।’ गुगलले भनेको छ ।

क्रोमलाई अपडेट किन गर्नु पर्छ ?

नवीनतम विन्डोज अपरेटिङ सिस्टम को साथ वेब ब्राउजर अपडेट गर्नाले क्रोमद्वारा रोल आउट गरिएका नवीनतम सुरक्षा अपडेटहरू र सुधारहरू प्राप्त गर्न सकिन्छ ।

कम्प्युटरलाई दुर्भावनापूर्ण आक्रमण, चोरी, फिसिङ, भाइरस ट्रोजन, स्पाइवेयर, एडवेयर, र अन्य मालवेयर लगायतका साइबर थ्रेटबाट जोगाउनका निमित्त पनि अपडेट आवश्यक हुन्छ । नयाँ संस्करणमा युजर एक्स्पेरियन्स पनि पहिलाका संस्करण भन्दा सबल हुन सक्छ ।


प्रतिक्रिया

2 thoughts on “फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ?

  1. यो जानकारी निकै महत्वपूर्ण छ। गुगल क्रोममा समस्या आउँदा के गर्ने भन्ने कुरा लेख्नु भएकोमा धन्यवाद। मलाई यो थाहा पाएर सजिलो हुनेछ। थप जानकारीको लागि पर्खिरहेको छु।

  2. यो जानकारी वास्तवमा महत्वपूर्ण छ। प्राविधिक समस्याहरुका बारेमा सजग रहनु आवश्यक छ, र यस्तो अवस्थामा के गर्ने भनेर थाहा हुनु धेरै सहायक हुनेछ। म सुझावहरूमा ध्यान दिनेछु। धन्यबाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर