राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गदर्शन संशोधन, यस्तो छ नयाँ व्यवस्था ? (पूर्णपाठ) – Nepal Press

राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गदर्शन संशोधन, यस्तो छ नयाँ व्यवस्था ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । आज समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर भर्चुअल माध्मयममार्फत गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकले मार्गदर्शन संशोधन भएको जनाएको हो ।

राष्ट्र बैंकले विशेष गरी ५ वटा बुँदा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भटट्ले जानकारी दिए । उनका अनुसार सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा ५ किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । यो कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैंकले बताएको छ ।

संशोधित मर्गदर्शनअनुसार १ करोडभन्दा तलको चालू पूँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ ।

उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गराएको थियो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सुधार हुँदै गरेकोसमेत बताएको छ । बैंकका अनुसार अर्थतन्त्र विस्तारै लयमा आउने क्रममा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *