प्रेस युनियनको कर्णाली प्रदेश अधिवेशनमा लफडा, पार्षद चयनको विषयमा हात हालाहाल (भिडिओ) – Nepal Press

प्रेस युनियनको कर्णाली प्रदेश अधिवेशनमा लफडा, पार्षद चयनको विषयमा हात हालाहाल (भिडिओ)

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनको क्रममा विवाद भएको छ । पार्षद चयनको विषयमा संस्थापन र इतर समूहबीच विवाद भएको हो ।

वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापनइतर पक्षधरका पार्षद धेरै भएको भन्दै नाम काटिएपछि हात हालाहालसम्म भयो ।

अधिवेशनमा सहभागी एक प्रतिनिधिले विवादको क्रममा माईक खोसाखोस भएको बताए ।

उनले भने, ‘जुम्लाका एक प्रतिनिधिले त माइकको तार नै चुडाएका छन् ।’

अधिवेशनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायत उपस्थित थिए । उनीहरूकै अगाडि दुई समूहबीच हात हालाहाल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर