काठमाडौंभित्रका सडकका खाल्डा १५ दिनभित्र पुरिसक्न भौतिक पुर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन (भिडिओ) – Nepal Press

काठमाडौंभित्रका सडकका खाल्डा १५ दिनभित्र पुरिसक्न भौतिक पुर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन (भिडिओ)

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंभित्रका सडकका खाल्डा १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् ।

सितापाईलास्थित छाउनी सडकखण्डको अनुगमनपछि सडक भएका खाल्डा पुर्न निर्देशन दिएका हुन् ।

उनले काठमाडौं महानगरका प्रमुख, उपत्यका विकास प्राधिरणको पनि छिट्टै बैठक राखेर सडक व्यवस्थापनको लागि दिने बताए । काम जसरी पनि गर्ने नीतिलाई कार्यान्वय गरेर छाड्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘एउटा मेसिनले एक ठाउँमा मात्रै काम गरेर हुँदैन २ वा ३ वटा प्रयोग गरेर १५ दिनभित्र हर हालतमा चाहिन्छ । हामी व्यवस्थापन गछौँ ।’

आफू पहिला काम गर्ने र पछि समीक्षा गर्ने बताए । सिस्टम बिग्रेको कारणले अहिलेसम्म काम नभएको उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *