वाम एकताको अगुवाइ नेकपा एसले गर्ने, वार्ता गर्न चार सदस्यीय कार्यदल गठन
नेपाल प्रेस
२०७९ पुष २१ गते १५:३६
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयले बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
कार्यदल सदस्यमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला छन् ।
खतिवडाले भने, ‘अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्छ । व्यक्ति र संस्था सबैलाई जोड्ने प्रयत्न रहन्छ ।’
प्रतिक्रिया
3 thoughts on “वाम एकताको अगुवाइ नेकपा एसले गर्ने, वार्ता गर्न चार सदस्यीय कार्यदल गठन”
Leave a Reply
सम्बन्धित खवर
Hijo communist (UML) party futaune le ahile Bam ekta garne bhanne kura suhaena.
हा हा हा ! लाजै पचाएर कसरी भन्न सक्या होला ? हिजो आफै प्रचण्ड र शेरबहादुरलाई गुहारेर संबिधानलाई केबल ४८ घन्टा मात्र लागु हुने गरि संसोधन गरेर पार्टी फुटाएर आएको एउटा झुण्डले वाम एकताको अगुवा गर्ने रे ? यो भन्दा ठूलो राष्ट्रीय चुटकिला कुन होला ? हसाए कमरेडहरूले ।
हिजो एमाले फुटाउनेले अहिले बाम एकताको लागि कार्यदल बनाउनु हास्यास्पद कुरा हो।