चिसो बढेपछि कैलालीको गौरिगंगामा तीन दिन बिदा
नेपाल प्रेस
२०७९ पुष २१ गते १७:३२
कैलाली । अत्याधिक चिसो बढेका कारण कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि तीन दिनसम्म बिदा दिइएको छ ।
आज प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले एक सूचना जारी गर्दै भोलिदेखि जाडो विदा दिएको जनाएको हो । चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिने निर्णय सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिका भित्रका शैक्षिक संस्थाहरू आइतबारसम्म बन्द हुने छन् ।
यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले पनि जाडो बिदा दिइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर