अख्तियार कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा भेटिए
नेपाल प्रेस
२०७९ पुष २२ गते ११:४९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत एक प्रहरी जवान मृत भेटिएका छन् ।
अख्तियारको सुरक्षार्थ खटिएका प्रहरी जवान खगेन्द्र नेपाली बिहीबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएका हुन् । ड्युटीकै समयमा २५ वर्षीय नेपाली पोस्टमा झुण्डिएको अवस्थामा भेटिएपछि काठमाडौं प्रहरी परिसरको टोली पनि घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर