विराटनगरको नाटकीय जित, तीन रनले पराजित हुँदै बाहिरियो फारवेस्ट – Nepal Press

विराटनगरको नाटकीय जित, तीन रनले पराजित हुँदै बाहिरियो फारवेस्ट

काठमाडौं । अन्तिम ओभरमा कियोन जोसेफले कसिलो बलिङ गरेसँगै विराटनगरसँग तीन रनले पराजित हुँदै फार वेस्ट यूनाइटेड जारी नेपाल टी–२० लिगबाट बाहिरिएको छ ।

जारी प्रतियोगितामा नवौं खेल खेलेको फारवेस्टल दुई जित मात्रै निकाल्न सक्यो । फारवेस्टलाई हराएसँगै विराटनगरले प्लेअफ सम्भावनालाई कायम राखेको छ ।

शनिबार हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं नाइट्सलाई पराजित गरे विराटनगर प्लेअफ पुग्नेछ । ९ खेलमा काठमाडौंसँग समान ४ जित र पाँच हारको नतिजासहित ८ अंक बनाएको विराटनगरले यदि उक्त खेलमा हार बेहोरे प्लेअफमा पुग्न पोखरा एभेन्जर्स र फारवस्टबीचको नतिजामा निर्भर रहनुपर्नेछ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रनको लक्ष्य फारवेस्ट सामु प्रस्तुत गरेको थियो । फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन मात्रै बनाउन सक्यो ।

फारवेस्टका लागि ओपनिङमा आएका कप्तान हर्शमतुल्लाह साहिदीले सर्वाधिक ५८ रन योगदान गरे । उनले ४६ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । विनोद भण्डारीले १० रन योगदान गर्दा नुुर अहमद १० रनमा आउट हुँदा उमेर अलीले २३ रन योगदान गरे । त्योबाहेक फारवेस्टका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

विराटनगरको बलिङमा राज ननन्ले ४ ओभरमा ३२ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । शूर्य तामाङ दुई विकेट लिँदा कियोन जोसेफ र नन्दन यादवले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको विराटनगरका हुसेन टलतले अर्धसतकिय इनिङ खेले । उनले २९ बलमा ५ चौका र २ छक्काको मद्दत लिँदै सर्वाधिक ५० रन जोडे। कप्तान रोहित पौडेलले २१ रन र अर्जुन साउद २२ रनमा आउट हुँदा विवेक यादव ३५ रनमा अविजित रहे ।

फारवेप्टका उमार अलीले ४ ओभरमा १५ रन खर्चिएर दुई विकेट लिए । करण केसी र दुर्गेश गुप्ताल् एक÷एक विकेट लिए ।

शनिबार हुने लिग चरणको अन्तिम खेलमा विराटनगरले काठमाडौं नाइट्ससँग र फारवेस्टले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *