देउवाले पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश र गगनसँग छलफल गर्दै – Nepal Press

देउवाले पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश र गगनसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई छलफलका लागि बोलाएका छन् ।

शुक्रबार धुम्बाराहीस्थित निवासमा छलफलका लागि बोलाएका हुन् । एकाएक नेपालका राजनीतिको समीकरण फेरिएपछि सभापति देउवाले महामन्त्री शर्मा र थापासँग कुराकानी गर्न लागेका हुन् ।

उनीहरुबीच भोलि बस्न लागेको कांग्रेसको संसदीय दलको बैठक र २८ गते केन्द्रीय कार्यसमितिको बैठक एवम् समसामयिक विषयबारे छलफल हुने बताइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तत्कालीन गठबन्धनको सहायतामा पहिलो पार्टी बनेको थियो । तर देउवाकै दूरदर्शिता नभएर र सही निर्णय लिन नसकेर हातमा आएको सत्ता र शक्ति गुमेको भनेर संस्थापनइतरका नेताहरुले आरोप लगाइरहेका छन् । यसैबीच सभापति र महामन्त्रीहरुबीचको यो छलफल हुन लागेको हो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर