कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको हल्ला नजाने गाउँको बाटो जस्तै हो- महामन्त्री शर्मा (भिडिओ) – Nepal Press

कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको हल्ला नजाने गाउँको बाटो जस्तै हो- महामन्त्री शर्मा (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको हल्ला नजाने गाउँको बाटो जस्तै भएको टिप्पणी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि उनले कुनै पार्टीका सभापतिलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरे ।

उनले गठबन्धन टुटेपछि नयाँ ढंगबाट जानुपर्ने विषयमा पार्टी सभापतिसँग छलफल भएको बताए ।

उनले भने, ‘पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । त्यसबारेमा छलफल भयाे । गठबन्धन अहिले दुर्घटनामा पर्न हुँदैनथ्यो । अन्तिम समयमा हामी पनि सहभागी हुनुपर्थ्याे । त्यसमा हामीले पनि पर्याप्त हस्तक्षेप गर्न सकेनौँ भनेर आत्मालोचित छौँ । दुर्घटना नभएर सेफ ल्याण्डिङ भए पाइलटको प्रशंसा हुन्छ । तर, दुर्घटना भयो भने कोपाइलटलाई दोष दिन मिल्दैन । महामन्त्री भनेको पार्टीको कोपाइलट हौं ।’

फेरि पनि पार्टीलाई अगाडि लगाउन सभापति र महामन्त्रीहरुबीच छलफल भएको बताए । भोलि बस्ने संसदीय दल, प्रतिनिधि सभा र पार्टी केन्द्रीय समितिको बैठकबारे छलफल भएको उनकाे भनाइ छ ।

उनले भने, ‘पार्टीभित्र सभापति र महामन्त्रीहरुको बारेमा केन्द्रीय समितिमा प्रश्न उठ्ला । तर, त्यहीँ आत्मलोचना गरेर अघि बढ्छौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर