तराईमा शीतलहर, जनजीवन प्रभावित – Nepal Press

तराईमा शीतलहर, जनजीवन प्रभावित

काठमाडौं । देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केहि भूभागहरूमा हुस्सु रकुहिरो शीतलहर लागिरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

मौमस पूर्वानुमान महाशाखाका अनुसार भोलि दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ।तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

पर्सि दिउँसो कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। भने

राती लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

आगामी २४ घण्टामा तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *