काठमाडौंले विराटनगरलाई प्लेअफ पुग्न दियो १५५ रनको लक्ष्य – Nepal Press

काठमाडौंले विराटनगरलाई प्लेअफ पुग्न दियो १५५ रनको लक्ष्य

काठमाडौं । जारि नेपाल टी–२० लिग अन्तर्गत लिग चरणमा आफ्नो अन्तिम खेल खेलिरहेको काठमाडौं नाइट्सले प्लेअफ पुग्न विराटनगर सुपर किङ्सलाई १५५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको छ ।

काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे । सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे ।

विराटनगरका राज ननन्ले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

विराटनगर र काठमाडौंको नौ खेलमा समान ४ जित र ५ हारको नतिजासहित आठ अंक रहेको छ । काठमाडौं नेट रन रेटका आधारमा तेस्रो स्थानमा र विराटनगर चौथो स्थानमा छ । जारी खेलको विजेताले प्लेअफमा स्थान पक्का गर्नेछ । र पराजित टिम आज हुने दोस्रो खेलको नतिजामा निर्भर हुनु पर्नेछ ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र फारवेस्ट यूनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा फारवेस्टले जित निकाले पोखरा र फारवेस्ट बाहिरिनेछन् । पोखराले जित निकाले जारि खेलमा पराजित हुने टिमसँग नेट रन रेटका आधारमा जो अघि रनन्छ उस्ले प्लेअफमा स्थान बनाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *