अरू दलका नेताहरूले सभापतिलाई ‘बार्गेनिङ टुल’को रूपमा लिए : महामन्त्री थापा (भिडिओ) – Nepal Press

अरू दलका नेताहरूले सभापतिलाई ‘बार्गेनिङ टुल’को रूपमा लिए : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले कुनै पनि नेतालाई सरकारमा आउन अफर नदिएको बताएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतले सभापति शेरबहादुर देउवासँग गरेको भेटलाई गलत ढंगले अर्थ लगाउन खोजिएको उनको भनाई छ ।

कुनै अमुक दलको नेताले सभापतिलाई बार्गेनिङ टुलको रूपमा लिएको उल्लेख गर्दै उनले देउवाले भेटका लागि कसैलाई पनि नबोलाएको बताए ।

उनले भने, ‘सभापतिले कसैलाई भेटका लागि बोलाउनुभएको छैन । अरू दलका नेताहरू आफै समय मागेर उहाँलाई भेट्न जानुएको हो । उहाँहरूले सभापतिलाई बार्गेनिङ टुलका रूपमा प्रयोग गर्नुभयो । हामीले सरकारलाई विश्वासको मत दिन्नौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर