जिल्ला समन्वय समिति कैलालीका प्रमुख कलेलको निधन
नेपाल प्रेस
२०७९ पुष २३ गते १७:५२
कैलाली । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ ।
मिर्गौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिवार काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाडाैं गएका थिए ।
उनको शनिवार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको हो । नेपाली काँग्रेसका नेता समेत रहेका कलेल तत्कालीन सत्तारुढ गठबन्धनको समर्थन जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए ।
उनी गौरीगंगा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर