नेपाल कमर्स क्याम्पसमा नेवि संघका विद्यार्थीद्वारा तोडफोड (भिडिओ) – Nepal Press

नेपाल कमर्स क्याम्पसमा नेवि संघका विद्यार्थीद्वारा तोडफोड (भिडिओ)

काठमाडौं । नेपाल कमर्स क्याम्पसमा नेपाली कांग्रेसनिकट नेवि संघका विद्यार्थीहरुले तोडफोड गरेका छन् । आफ्नो विद्याथीहरुबीबीएमा भर्ना हुनुपर्ने भन्दै उनीहरुले क्याम्पसमा तोडफोड गरेका क्याम्पस प्रमुख ध्रुव सिलवालले जानकारी दिएका छन् ।

उनले आफूसँग नेवि संघको दुईजना विद्यार्थीहरु विश्वहरि खड्का र रणेन्द्र आएका र बीबीएको भर्नाबारे सोधेको र आफूले अहिले कोटा नभएको बताएपछि उनीहरुले तोडफोड गरेको बताए । कोही भर्ना भएको विद्यार्थीले आधिकारिक रुपमा क्याम्पस छोडेको अवस्थामा भने भर्ना गर्न सकिने आफूले बताएको सिलवालले भने ।

भिडिओ

तर कुनै विद्यार्थीबाट आफूले छोडेको भन्ने कुनै निवेदन नआएको अवस्थामा नयाँ विद्यार्थीहरु लिन नसकिने जानकारी गराएको सिलवालको भनाइ छ । त्यसपछि ति विद्यार्थीहरुले तल पुगेर क्याम्पसभित्र प्रवेश गरेर तोडफोड गरेको उनले बताए ।

यसभन्दा अगाडि पनि विभिन्न बहानामा नेवि संघआवद्ध विद्यार्थीहरु क्याम्पसमा असहज वातावरण सिर्जना गर्ने गरेको, तोडफोड गरेर क्याम्पसको आर्थिक क्षति पुर्याएको सिलवालले बताए ।

क्याम्पसको सीसीटिभी फुटेजमा एकजनाले क्याम्सको कोठाभित्र भएको कम्प्युटर तोडफोड गरेको देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर