ओलीजीले संसद विघटन सही भन्दा प्रचण्डजी टेबल ठोक्न अलमलिनु भयो, विग्रहको बिजारोपण देखेँ : गगन – Nepal Press

ओलीजीले संसद विघटन सही भन्दा प्रचण्डजी टेबल ठोक्न अलमलिनु भयो, विग्रहको बिजारोपण देखेँ : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विग्रह सुरू भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजारोपण भएको उनको जिकिर छ ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘सत्ताको गठबन्धन बनाएका माओवादी र एमालेका दुवै अध्यक्षले बोल्नुभयो । मैले संसदभित्र ध्यान दिएर हेरिरहेको थिए । एकअर्कालाई समर्थन गरेर बोल्नु स्वाभाविक नै थियो । तर, पूर्वप्रधानमन्त्री ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभएको याद गरेँ । संसद विघटन सोह्रै आना सही थियो । जनताको पक्षमा थियो । प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनिरहँदा हालका प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो त्यो सामान्य अलमल देखिए पनि मैले मानेको छैन ।’

उनले सरकारको स्थिरता नै अहिलेको चुनौती भएको बताए । प्रतिनिधिसभा विघटन गरेकै कारणले अगल भएका नेताहरू अहिले एकपटक समीक्षा नगरी एकजुट भएकाले लामो समय टिक्नेमा गगनको आशंका थियो ।

‘संसद विघटनको विषयमा एकपटक पनि छलफल नभई एक ठाउँमा जोडिनुभएको छ । यसअघिको संसदको विग्रहको कारणले अहिलेको संसदमा फेरि बिजारोपण भयो । यो नै उहाँबीच विग्रहको कारक बन्छ’ उनले भने ।

उनले कांग्रेस प्रतिपक्षमा भएर आफ्नो ठाउँमा बस्ने बताए ।


प्रतिक्रिया

One thought on “ओलीजीले संसद विघटन सही भन्दा प्रचण्डजी टेबल ठोक्न अलमलिनु भयो, विग्रहको बिजारोपण देखेँ : गगन

  1. तोरी लाहुरे कुरातिर लागेछन् यी मित्र । के के न नयाँ कुरा पत्ता लगाएँ भन्ठानेक‍ो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर