सरकारप्रति कांग्रेसको बक्र लाइन- यी हुन् चार सम्भावित कदम
‘देउवा, ओली, प्रचण्ड’ एकअर्काप्रति निर्मम बदला लिने मुडमा छन् !
राष्ट्रिय राजनीतिमा कुनै चमत्कारिक ‘उलटफेर’ भएन भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले २६ गते विश्वासको मत प्राप्त गर्नेछ । दोस्रो चमत्कारका रुपमा ‘सत्ता आशक्ति तर कमजोर रणनीति’ देखिएको कांग्रेस नेतृत्वले आफ्नो पार्टी एकाएक अपोजिशनमा पुग्दासमेत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्भावना बढेर गएको देखिन्छ । जनमतका आधार ठूलो दल भएर पनि सत्ता गुमाउन पुगेको कांग्रेसले आसन्न निर्वाचनसम्म आफूलाई नितान्त प्रतिपक्षमा राखेर जनताका एजेण्डामा केन्द्रित गराउनुपर्ने मत पनि कांग्रेसमा बलियो छ ।
तर, पार्टीलाई अपोजिशनमा राख्नैपरे पनि सरकारलाई समर्थन गरेर निश्चित पोजिशन हासिल गर्दै सरकारमाथि समेत नैतिक दबाब बढाउने रणनीतिमा कांग्रेस नेतृत्व देखिन्छ । उता महामन्त्रीद्वव गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने कांग्रेसलाई ‘लय’ मा फर्काउन योबीचमा कांग्रेसले सरकारलाई विश्वासको मत दिएर आफूलाई कमजोर सावित गर्न नहुने पक्षमा आफूलाई उभ्याएका छन् । महामन्त्रीद्वयको धारणाविपरीत कांग्रेस संस्थापन पक्षले भने आफूभित्र चार वटा सम्भावना अगाडि सारी रणनीतिक रुपमा आफूलाई अगाडि लैजाने तयारी गरेको बुझ्न कठिन छैन ।
पहिलो सम्भावना
नेपाली राजनीतिको महत्वपूर्ण केन्द्रमा आज पनि नेपाली कांग्रेस र नेकपा एमाले छ । माओवादी केन्द्र त जनमतका आधारमा सत्ता बार्गेनिङ गर्ने शक्तिका रुपमा मात्र छ । तसर्थ राजीनिक घटनाक्रमले अपोजिशनको बेञ्चमा पुगेको कांग्रेसले यतिवेला ‘प्रचण्ड’ सरकारलाई विश्वासको मत दिनसक्छ । किनकि प्रधानमन्त्री प्रचण्ड पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसामु ज्यादा नगलून् र कालान्तरमा ओली-प्रचण्डबीच टकराव सृजना होस् ! दोस्रो, प्रधानमन्त्री प्रचण्ड स्वयम् एमालेलाई आवश्यकताभन्दा ज्यादा बलियो बनाएर ‘वाम आन्दोलनको मूलधारको रुपमा नेकपा एमाले’ लाई रुपान्तरण गर्न चाहँदैनन् ।
साढे दुई वर्षपछि माओवादी केन्द्रसँग राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन वटै पोजिशन नरहने अवस्थामा स्वयं माओवादी पार्टीको भविष्य के ? भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ । तसर्थ यति वेला आसन्न राजीनितिक घटनाक्रमकै सेरोफेरोमा रहेर कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएर सरकारमाथि राजनीतिक तथा नैतिक दबाब बढाइराख्ने सम्भावना जीवित नै छ ।
तेस्रो, नेकपा फुटका समय केपी ओलीमाथि लगाइएको आरोपको मसी सुक्न नपाउँदै ती नै ओलीले प्रम बनाइदिएकाले ‘जुनसुुकै समय जेसुकै पनि हुनसक्ने’ बुझाइ प्रचण्डको छ । चौथो, आगामी साढे दुई वर्षपछि माओवादी केन्द्रसँग राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन वटै पोजिशन नरहने अवस्थामा स्वयं माओवादी पार्टीको भविष्य के ? भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ । तसर्थ यति वेला आसन्न राजीनितिक घटनाक्रमकै सेरोफेरोमा रहेर कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएर सरकारमाथि राजनीतिक तथा नैतिक दबाब बढाइराख्ने सम्भावना जीवित नै छ ।
नेपाली राजनीतिमा ‘काग्रेस-एमाले’ मुख्य प्रतिस्पर्धी दल हुन् । एउटाले अर्कोको राजनीति अवसान नगराउँदासम्म आफू राजनीतिमा स्थापित हुने सम्भावना रहँदैन । तसर्थ पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘रणनीतिक चातुर्यता’ प्रदर्शन गरेर छैटौं पटक प्रधानमन्त्री हुनबाट रोक्न सफल ओलीलाई सजिलै आगामी साढे दुई वर्षपछिको प्रधानमन्त्री मान्न वा शक्तिको बाँडफाँटपश्चात प्रचण्डलाई सत्ताच्युत गरेर आफैं प्रधानमन्त्री बन्ने ओलीको योजना सजिलै साकार हुन दिने पक्षमा कांग्रेस नेतृत्व छैन । तसर्थ सत्ताभित्रको खेलमा ‘प्रचण्डसँग हाईलेभलको समझदारी कायम गरी’ आफूलाई पनि भागीदार बनाइराखेर ‘चेक एण्ड ब्यालेन्स’ को राजनीतिक खेल खेलिराख्ने रणनीति कांग्रेसले अख्तियार गर्न सक्दछ ।
दोस्रो सम्भावना
पार्टीका महामन्त्रीद्वय ‘थापा–शर्मा’ का सार्वजनिक भनाइबाट बुझ्न सकिने विषय हो- कांग्रेस नितान्त अपोजिशनमा रहेर गुण-दोषका आधारमा सरकारको विरोध र समर्थन गर्न जरुरी छ । पार्टी संस्थापन पक्ष र महामन्त्रीद्ववकै भनाइबाट सरकारलाई हेर्ने दृष्टिकोण र विश्वासको मतको सन्दर्भमा कांग्रेसभित्र एकमत छैन । त्यसो त सरकार निर्माणलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सरकारको माग गरेबाट पनि कांग्रेस आफू अपोजिशनमा पुगेको विषयलाई आत्मसात गर्न सकिरहेको छैन ।
उता पार्टी संस्थापन पक्ष महामन्त्रीको दृष्टिकोणभन्दा पृथक दृष्टिकोण राख्दै महामन्त्रीद्ववले उल्टै आफ्नै पार्टीको सरकार बनाउन साथसमेत नदिएको बताएर पार्टीभित्रै कित्ताकाटको राजनीतिक गर्दै आएको छ । तर, पछिल्लो समय भने संस्थापन पक्ष र इतर पक्षको दूरी बढ्दै जाँदा संस्थापन पक्षलाई नै ज्यादा क्षति हुने भएकाले इतर अर्थात थापा-शर्मा पक्षसँग संस्थापन पक्षले हात बढाउँदै लगेको देखिन्छ । तर, महामन्त्रीद्वयले पार्टीलाई पूर्ण रुपमा अपोजिशनमा राख्दै जनताको आवाज आसन्न निर्वाचनसम्म उठाउँदै जानुपर्दछ भन्ने मान्यतामा भने पार्टी संस्थापन पक्ष ‘राजी’ देखिँदैन ।
सत्ताभित्रको खेलमा ‘प्रचण्डसँग हाईलेभलको समझदारी कायम गरी’ आफूलाई पनि भागीदार बनाइराखेर ‘चेक एण्ड ब्यालेन्स’ को राजनीतिक खेल खेलिराख्ने रणनीति कांग्रेसले अख्तियार गर्न सक्दछ ।
तेस्रो सम्भावना
कांग्रेस संस्थापन पक्षको रणनीति पार्टीभित्रबाट एकमतले निर्णय गरेर प्रचण्ड सरकारलाई यति वेला विश्वासको मत दिने र अढाई वर्षपश्चात सत्ता आफ्नो हातमा फिर्ता ल्याउने देखिन्छ । अढाई वर्षभित्र ओलीबाट पटक-पटक प्रधानमन्त्री प्रचण्ड अपमानित हुने स्थिति आउने र अर्कातिर दुई वाम शक्तिको यात्रा नै सहज नहुने बुझाइ कांग्रेसको छ । सँगै, शक्ति बाँडफाँटमा कांग्रेस बाहिर रहँदा आफ्नो सत्ता यात्रा त्यति सहज नहुने धारणा प्रधानमन्त्री प्रचण्डले बनाइसकेका छन् । हिजो कांग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउँदा धेरै क्षति भएको विषय प्रचण्डले पटक-पटक सार्वजनिक गरेकै हुन ।
यो हिसाबले पनि आफूमाथि केपी ओलीले बदला नलेलान् भनेर प्रचण्ड ढुक्क हुने स्थिति आजका मितिमा छैन । त्यसो त नेकपा फुटाएरै देउवालाई प्रधानमन्त्री बनाउँदासमेत यो पटक आफूलाई प्रधानमन्त्री बनाउन देउवा तयार नभएकोमा प्रचण्ड दुःखी छन् । सोही कारण एकाएक बालकोट पुग्दा भूराजनीतिक हिसाबले नितान्त एकातिर झुकाव भएको सरकार भन्ने देखिँदा सरकारले नै स्थायित्व नपाउने खतरासमेत प्रम प्रचण्डले नबुझेको विषय होइन । त्यसको संकेत एमाले अध्यक्ष ओलीले पर्खालबाट भित्र पसेर चलखेल प्रारम्भ भएको बताएबाट पनि प्रस्ट हुन्छ । यो संकेतले पनि भूराजनीतिक चपेटामा यो सरकार पर्नसक्ने भएकाले कांग्रेससँग विश्वासको मतको हात प्रचण्डले अगाडि बढाएको बुझ्न कठिन छैन ।
चौथो सम्भावना
प्रचण्ड सरकारलाई विश्वासको मत दिन पुग्यो कांग्रेस भने उसले अढाई वर्षपछि आफ्नो हातमा सत्ता फिर्ता ल्याउने प्रयत्न पनि असफल भएको अवस्थामा अढाई वर्षपछिको निर्वाचन गराउने सरकारको चाबी राजनीतिक रुपमा प्रतिस्पर्धी दल एमालेको हातमा थमाउन कांग्रेस चाहँदैन । त्यतिवेला पुनः माओवादीकै सरकारको निरन्तरता दिएर तुलनात्मक रुपमा निष्पक्ष निर्वाचनको माग राख्दै कांग्रेस निर्वाचनमा होमिन सक्दछ । त्यसो गर्दा अर्थात एमालेलाई सत्ता छाड्न माओवादी राजी नहुँदा एमाले-माओवादी दूरी बढ्ने निश्चित देखिन्छ । त्यसो हुँदाको राजनीतिक फाइदा तुलनात्मक रुपमा कांग्रेसले लिन सक्दछ ।
दोस्रो, माघ ११ मा नागरिकतासम्बन्धी अदालतको फैसलाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उन्मुक्ति पाएनन् भने उक्त दल नैतिक रुपमा सरकारबाट बाहिरिन सक्दछ । त्यो अवस्थाको आँकलन पनि गरेरै बसेको हुनुपर्दछ कांग्रेस । त्यसो हुँदा त्यहीवेला सत्तामा खटपट हुनसक्छ । त्यो अवस्थाको लागि पनि कांग्रेस तयार रहेको संकेत कांग्रेस प्रवक्ताले गरिसकेका छन् । प्रवक्ताको भनाइ थियो, ‘यो सरकारको पूर्ण आयु छैन ।’ त्यसकारण पनि राजनीतिमा अस्थिरता देखिनेमात्र नभई एमाले-माओवादीबीच सहमति गराइदिने शक्तिबाहेक अन्य शक्ति पनि नेपालको राजनीतिमा प्रभावी हुन सक्दछन् ।
सत्ताभित्रको खेलमा ‘प्रचण्डसँग हाईलेभलको समझदारी कायम गरी’ आफूलाई पनि भागीदार बनाइराखेर ‘चेक एण्ड ब्यालेन्स’ को राजनीतिक खेल खेलिराख्ने रणनीति कांग्रेसले अख्तियार गर्न सक्दछ ।
अन्तमा
माथि उल्लेखित रणनीतिमध्ये कांग्रेसले कुन रणनीति अख्तियार गर्ला, त्यो कांग्रेसको विषय रह्यो । समग्र राजनीतिका बारेमा यहाँ एउटा रोचक प्रसंग उल्लेख गरौं, ग्रामीण एक बस्तीमा एक दम्पती बस्दथे, अचानक एक दिन ती दम्पतीमध्येका श्रीमानलाई कुखुराको भाले देख्नै नहुने रोग देखाप¥यो । भाले देख्यो कि ती महासय भालेले मार्नै आट्यो भनेर ढोका लगाएर बस्न थाले । श्रीमानको चर्तिकला देखेर ती महासयलाई श्रीमतीले डाक्टरकोमा लगिन् । डाक्टरले कुरा बुझेपछि उक्त रोगको ‘भ्याक्सिन’ र ‘ट्याबलेट’ केही नहुने भएकाले उक्त महासयलाई बुझाउँदै डाक्टरले ‘कुखुरा घरपालुवा पक्षी भएकाले नडराउ र कुखुराको टोकाइ तथा लखेट्याइबाट आजसम्म संसारमा कसैको पनि मृत्यु भएको छैन’ आदि इत्यादि दर्जनौं तर्क गरेर सम्झाउने प्रत्यत्न गरे । अन्तमा भने, ‘बुझ्नुभयो ?’ ती महासयले भने, ‘खै ! डाक्टर साब, मैले त बुझें, त्यो भालेले बुझ्यो कि बुझेन होला !’
नेपाली राजनीतिमा पछिल्लो समय राजनीतिका तीन खेलाडी ‘देउवा-ओली-दाहाल’ मा समेत यो रोचक प्रसंग लागू हुन्छ । यति वेला बदला लिने मुडमा रहेका ओली एकैपटक हिजो आफूलाई अपमानजनक रुपमा बालुवाटारबाट बाहिरिनु पर्दाको बदला ‘देउवा-प्रचण्ड’ दुवैसँग लिन चाहन्छन् । उता प्रचण्डले पनि हिजो पार्टी फुटाएरै देउवालाई प्रधानमन्त्री बनाउँदासमेत ‘अहिले पनि आफैं प्रधानमन्त्री’ भनेर ढिपी कस्नेमात्र नभई आफूलाई ‘धोका दिने’ देउवालाई बदला लिइनै सके । सँगै हिजो नै ओलीबाट धोका पाएकैले पार्टी फुटाउनु पर्दाको पीडा नभुलेका प्रचण्डले यति वेला ओलीलाई पनि सजिलै बलियो बनाइहाल्ने पक्षमा छैनन् ।
त्यसो त आफूसँग अन्तिम अवस्थासम्म पनि संवाद गरेर ‘हस्ताक्षर’ पठाइदिने वचन दिएर पनि प्रचण्डलाई प्रधानमन्त्री दिएकोमा ओलीसँग र आफूसँग संवाद गर्दागर्दै एकाएक बालकोट पुगेकामा प्रचण्डसँग आफ्नो क्षमताले भ्याए एकै पटक बदला लिने मुडमा देउवा छन् । हेरौं, बदलाको मुडमा को माथि पर्ला ! तर, मुडमा जुनजुन कालखण्डमा जो जो माथि परे पनि गणतन्त्र र राजनीतिक स्थिरता भने तलै पर्ने देखिन्छ । तसर्थ आशा गरौं, सिस्टमलाई नै क्षति पुग्ने अकल्पनीय दिन नआओस् । अहिलेलाई शुभकामनामात्र !
सटिक एवं थ्रिलिङ् लेख ।
समसामयिक विश्लेषण , राजनीति एकदम निर्मम हुदैछ , २ मिनेटको बिश्वास एकअर्कामा छैन , लुट र झुटको राजनीतिबाट गरेको राज्य दोहन लुकाउनु र जोगाउनु एकमात्रै मिसन छ ।
उहिलेको साप्ताहिक पत्रिकामा आउथे यस्ता आलेख । पौडेलजीको अनलाइनमा यस्ता हावा दिग्गजलाई स्थान नदिएको राम्रो । किनभने नेपालप्रेस हामीले पढ्ने पत्रिका हो ।
यति लामो चर्चामा दुई पुर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल एकै ठाउँ भएको पार्टी नेकपा एस भन्नेको कुनै उल्लेख छैन। कुन्ठाग्रस्त भैराखियो भने समयले कसरी किनारा लगाउदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो यिनिहरुले दुई शब्द पनि लेखमा नपाउनु।
नेपाल प्रेसले ओली र एमालेको चर्चा ज्यादा र अरु को कम चर्चा गर्छ भन्ने बुझ्न नसक्नु पनि भुसालजिको कमजोरी होलाकी?😁
एस पार्टी, यसमा नेतृत्व (?)गर्ने झलनाथ र माधव कु. नेपाल अप्रासाङ्गिक बनेका छन् नेपाली राजनीतिमा।च्याखे थाप्ने र कुण्ठा व्यक्त गर्नेहरु बिस्तारै किनारा लागेकै ठिक। नेपाल प्रेस जस्तो सन्चार माध्यममा चाहिने र सामयिक कुरा मात्रले स्थान पाउनु पर्छ।