सुर्खेतमामा २५ लाख ९६ हजारको चिनी बरामद – Nepal Press

सुर्खेतमामा २५ लाख ९६ हजारको चिनी बरामद

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-५ स्थित अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतले चेकजाँचका क्रममा बिल नभएको चिनी बरामद गरेको छ ।

नेपालगन्ज देखि अछाम तर्फ आउँदै गरेको भे१ख २४२९ नम्बरको मिनि ट्रकबाट अवैध चिनी प्रहरीले बरामद गरेको हो ।
आइतबार अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले २५ लाख ९६ हजार बराबरको चिनी बरामद छ ।

चेकजाँच गर्दा चिनीको बिल नभएको ४ हजार ७ केजी चिनीसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्तिसहित भन्सार कार्यालय नेपालगंजलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर