प्रचण्ड सरकारलाई विश्वासको मत दिनु कांग्रेसको महाभूल हुन्छ : नैनसिंह महर – Nepal Press

प्रचण्ड सरकारलाई विश्वासको मत दिनु कांग्रेसको महाभूल हुन्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नु महाभूल हुने बताएका छन् ।

सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसका नेताहरू दुई धारमा बाँडिरहँदा महरले उक्त टिप्पणी गरेका हुन् ।

‘निर्वाचन अगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा मैले गठबन्धन भूल हुन्छ भनेको थिएँ । आज फेरि भन्दछु- सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभूल हुनेछ ’, महरले फेसबुकमा लेखेका छन् ।

संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरू र कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई आग्रह गरेका छन् । उनले पार्टीभित्रको बाँकी समीक्षा २८ गते बस्ने केन्द्रीय समितिको बैठकमा हुने उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर