कांग्रेस सांसद मोहन बस्नेत भन्छन्- सरकारलाई विश्वासको मत दिएपनि आश्चर्य नमान्दा हुन्छ – Nepal Press

कांग्रेस सांसद मोहन बस्नेत भन्छन्- सरकारलाई विश्वासको मत दिएपनि आश्चर्य नमान्दा हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि आश्चर्य मान्न नहुने बताएका छन्।

संसदीय दलको बैठकमा सहभागी हुन जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको बैठकपछि टुंग्याउने बताए।

उनले भने, ‘स्थानीयदेखि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्म मिलेरै गएका हौँ। त्यसैले अहिले कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएपनि आश्चर्य नमाने हुन्छ।’

एमाले र माओवादी एकै ठाउँमा हिँडिरहेको अवस्थामा कांग्रेसले विश्वासको मत दिन सक्ने उनको भनाइ छ। लोकतान्त्रिक शासन व्यवस्थामा बलियो प्रतिपक्ष आवश्यक भएको उनले बताए। राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था भएमात्रै सरकार धेरै समय टिक्ने उनको भनाइ छ।

उनले भने, ‘राजा ल्याउँछु र सिध्याउँछु भन्नेहरूसँगै छन्। एमालेको समर्थनमा विश्वास धेरै छैन। प्रधानमन्त्रीलाई अहिले गाह्रो छ। सरकार जोगाउन पनि विश्वासको मत पहिला लिनुपर्ने बाध्य छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर