विश्वासको मतबारे कांग्रेस सांसद बजगाईं भन्छन् – ह्वीप लाग्ने भएकाले पार्टी निर्णय कुरिरहेका छौं – Nepal Press

विश्वासको मतबारे कांग्रेस सांसद बजगाईं भन्छन् – ह्वीप लाग्ने भएकाले पार्टी निर्णय कुरिरहेका छौं

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं आफूहरू ह्वीप लाग्नेमा भएकाले पार्टी निर्णयविरुद्ध जान नसक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गर्न कार्यसम्पादन समितिको बैठक बसिरहेको बेलामा उनले यस्तो बताएका हुन् ।

संसदीय दलको बैठकमा सहभागी हुन जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नेपालको संसद परम्परावादी छ । यहाँ ह्वीप लाग्छ । संसद सदस्यका हैसियतले ह्वीप लाग्ने पार्टीको संसदीय दलको सदस्यको हैसियतले पार्टी बैठकले निर्णय नगरी केही बोल्न मिल्दैन ।’

कांग्रेसले विश्वासको मत दिएपछि त प्रतिपक्षको भूमिका पनि गुमाउने भयो नि होइन भन्ने प्रश्नमा उनले भने, ‘पहिला पनि मनमोहन अधिकारीलाई मत दिएको रेकर्ड छ । तर, त्यो संविधान र अहिलेको संविधान फरक हो । मलाई लाग्छ केही अड्चन छ । अब निर्णय आएपछि थाहा हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर