कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने – Nepal Press

कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए। कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ।

संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने भएका छन्। त्यसअघि पदाधिकारीले सहमति जुटाउन नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको थियो।

२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने भएपनि प्रतिपक्षमा बस्ने भएका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए।

कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष थियो। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा थियो। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा थिए।

बिहान देउवानिवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । पदाधिकारीबीच कुरा बाझिएपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर