प्राकृतिक सुन्दरता र संस्कृति प्रवर्द्धन गर्न सके विकासमा फड्को मार्न सकिन्छ : राष्ट्रपति भण्डारी – Nepal Press

प्राकृतिक सुन्दरता र संस्कृति प्रवर्द्धन गर्न सके विकासमा फड्को मार्न सकिन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिलाई प्रवर्द्धन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताएकी छन् ।

कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने बताइन् । उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।

गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिकरूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उनको भनाइ थियो । उनले विविध संस्कृतिले सजिएको नेपाल सांस्कृतिक सम्पदाले सुसम्पन्न विश्वभर परिचित रहेको बताइन् ।

कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, नन्दकृष्ण जोशी, अमृत खाती, समाजसेवी ज्ञानेन्द्र श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो भने कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर