गण्डकीका मुख्यमन्त्री बालुवाटारमा, प्रचण्डसँग भेट – Nepal Press

गण्डकीका मुख्यमन्त्री बालुवाटारमा, प्रचण्डसँग भेट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलवार विश्वासको मत लिएका प्रचण्डसँग प्रदेशमा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री अधिकारी बालुवाटार पुगेका हुन् ।

भेटमा सरकार विस्तारका बारेमा छलफल भएको छ । साथै दुवैले एकअर्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर