सन्दीपको पुनरावेदनमा सुनुवाइ जारी, थुनामा पठाउने आदेश बदर होला ?
नेपाल प्रेस
२०७९ पुष २८ गते १२:३९
काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ जारी रहेको छ ।
पाटन उच्च अदालतमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको हो । पेशी तेस्रो नम्बरमा रहेको छ ।
पछिल्लो पटक पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए ।
पहिलो पटक सन्दीपकै तर्फबाट स्थगित भएको थियो भने दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेपछि स्थगित हुन पुगेको थियो ।
बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने हाल केन्द्रीय कारागारमा रहेका छन् ।
प्रतिक्रिया
One thought on “सन्दीपको पुनरावेदनमा सुनुवाइ जारी, थुनामा पठाउने आदेश बदर होला ?”
Leave a Reply
सम्बन्धित खवर
तुरुन्त रिहाइ गर