कर्णालीका मुख्यमन्त्री शर्माको पहिलो निर्णय- कार्यविधि बनाएर बर्सेनि १० हजारलाई रोजगारी – Nepal Press

कर्णालीका मुख्यमन्त्री शर्माको पहिलो निर्णय- कार्यविधि बनाएर बर्सेनि १० हजारलाई रोजगारी

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले प्रतिवर्ष १० हजारलाई रोजगारी दिने कार्यविधि बनाउने पहिलो निर्णय गरेका छन् ।

यसले गरिबी र विकटता रहेको कर्णालीका २ वटा उत्तरदायित्व पूरा हुने पदभार ग्रहणपछि उनले सञ्चारकर्मीहरुलाई बताए । यी २ वटा उत्तरदायित्व पूरा गर्न गरिबी पहिलो बाधा देखेको उनको भनाइ छ ।

‘समृद्ध कर्णालीको अभियानअन्तर्गत प्रतिवर्ष कम्तिमा दश हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय गरेका छौं’, मुख्यमन्त्री शर्माले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर