एक करोड ६ लाख भ्रष्टाचार गरेको ठहरसहित यातायात कार्यालयका शाखा अधिकृतविरूद्ध मुद्दा दायर
नेपाल प्रेस
२०७९ पुष २९ गते २१:३२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेललाई भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
पोखरेलले एक करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पोखरेलले आफ्नो पदको दुरुपयोग गरी स्रोत नुखलेको अनियमित रकम आफ्नो श्रीमतीको नाममा जाेडेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले उल्लेख गरेका छन् । उनीविरुद्ध हालको उनको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफतको बिगो दाबी गरिएको छ ।
प्रतिक्रिया