‘ओ सजन’ निर्माणका लागि बोर्डबाट अनुमति, पल शाह मूख्य भूमिकामा – Nepal Press

‘ओ सजन’ निर्माणका लागि बोर्डबाट अनुमति, पल शाह मूख्य भूमिकामा

काठमाडाैं । जिल्ला कारागार तनहुँमा जेल सजाय भुक्तान गरिरहेका पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने भएको छ ।

नवलपुर अदालतले साढे २ वर्षको कैद सजाय सुनाएका शाहलाई लिएर ‘ओ सजन’ निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिइएको छ ।

उनीसँगै कविता राय र आरएल लामा पनि अनुबन्ध भएको खबर सार्वजनिक भएका छन् । चलचित्र रायले नै निर्माण गर्न लागेकाे बुझिएको छ ।

यता तनहुँ जिल्ला अदालतको फैसला सुनाउन बाँकी रहेको छ । पलले भने उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

निर्माताले शाह जेलमा रहेको अवस्थामा नै उनलाई मुख्य भूमिकामा लिएर चलचित्र बनाउन अनुमति लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर